May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

अरिंगालको टोकाइबाट २ बालिकाको मृत्यु

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १0:४२
अरिंगालको टोकाइबाट २ बालिकाको मृत्यु
  • अरिंगालले टोक्दा दुई बालिकाको मृत्यु
  • स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा सोमबार बाटोमै मृत्यु

जाजरकोट।।  

जाजरकोटको कुशे गाउँपालिका-१ धाउनीमा अरिंगालले टोक्दा दुई बालिकाको मृत्यु भएको छ। स्थानीय वीरबहादुर सिंहका छोरीहरु नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिताको अरिंगालले टोक्दा मृत्यु भएको टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए। अरिंगालले टोकेपछि गम्भीर घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा सोमबार बाटोमै मृत्यु भएको हो। सुस्मिताको भने आइतबार बेलुका नै मृत्यु भएको थियो।

बालिकाकी हजुरआमा बिजुली सिंहसमेत अरिंगालले टोकेर घाइते भएकी छन्। दुई नातिनीलाई साथमै लिएर गाईगोरु चराउन धाउनीस्थित खेतमा काम गर्न जाँदै गर्दा उनीहरुलाई अरिंगालले टोकेको थियो। अरिंगालले टोकेपछि तत्कालै बालिकाहरुलाई उपचारको लागि अस्पताल नलैजाँदा मृत्यु भएको स्वास्थ्यकर्मी बस्नेतले जानकारी दिए।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १0:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट