April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

वायु सेवा निगम अध्यक्षलाई सोधियो स्पष्टीकरण

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १७:४७
वायु सेवा निगम अध्यक्षलाई सोधियो स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ । निगमले हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको भन्दै मंगलबार स्पष्टीकरण सोधेको हो । निगम व्यवस्थापनले सात दिनभित्र जवाफ दिनुपर्ने प्राधिकरणले जनाएको छ ।

निगमको कन्टिन्युइन एयरओर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेसन डिपार्टमेन्ट ६ महिनादेखि नेतृत्वविहीन बनेको छ । सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने विभाग नै नेतृत्वविहीन हुँदा उडान सुरक्षामा असर पर्ने प्राधिकरणले निष्कर्ष छ । उक्त समयावधिमा जवाफ नदिए नागरिक उड्डयन नियमावाली २०५८ बमोजिम कारबाही हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

चार महिनाअघि युरोपियन युनियन (ईयू)ले देखाएको कमीकमजोरीमा पनि उल्लेखनीय सुधार नगरेको भेटिएको छ । निगमले आफ्नो जहाज मर्मत सम्भारमा पनि लापर्बाही गर्दै आएको प्राधिकरणले जनाएको छ । निगमको एयरबस ३२० कलसाइन नाइन एन–एकेएक्स इन्जिन स्पेयरका कारण ग्राउन्डेड भएको थियो । जहाज मर्मतका लागि भन्दै इजरायल एयरोस्पेसमा लगिएको थियो । तर, जहाज हालसम्म पनि मर्मत हुन सकेको छैन ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १७:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।