sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चलचित्रसँग सम्बन्धित सबै संघसंस्थाले विधेयकलाई डस्टबिनमा फ्याँकिदिए : नीर शाह

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:४५
चलचित्रसँग सम्बन्धित सबै संघसंस्थाले  विधेयकलाई डस्टबिनमा फ्याँकिदिए : नीर शाह
  • प्रस्तावित फिल्म विधेयकप्रति आपत्ति छ, चलचित्र क्षेत्रलाई धरासायी बनायो 
  • चलचित्र विकास बोर्डको अधिकार खोस्न खोज्यो,बोर्डलाई स्वायत्तता दिनुपर्ने
  • स्वतन्त्र चलचित्र आयोग बनाउन सरकारलाई सुझाव

काठमाडौं ।।

पाका फिल्म निर्माता, निर्देशक तथा अभिनेता नीर शाहले प्रस्तावित फिल्म विधेयकप्रति आपत्ति जनाउँदै यसले चलचित्र क्षेत्रलाई धरासायी बनाउने बताएका छन् । निर्माता संघको वार्षिक साधारणसभामा बोल्दै शाहले यो विधेयकले बोर्डमाथि मन्त्रालयको हस्तक्षेप अझै बढ्ने बताए ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अधिकार खोस्न खोजेको भन्दै शाहले बोर्डलाई स्वायत्तता दिनुपर्नेमा जोड दिए । ‘हामी प्रशासकीय चालबाजी र षड्यन्त्रभित्र चलचित्र उद्योगलाई सुरक्षित देखिरहेका छैनौं । यो विधेयकले मन्त्रालयको हस्तक्षेप बढाउँछ । त्यसैले विधेयकलाई चलचित्रसँग सम्बन्धित सबै संघसंस्थाले डस्टबिनमा फ्याँकिदिएका छन्,’  उनले भने ।

उनले स्वतन्त्र चलचित्र आयोग बनाउन सरकारलाई सुझाव दिए । बोर्डको उद्देश्य र भावना बाहिर गएर भुवन केसी नेतृत्वको बोर्डले काम गरिरहेको शाहको आरोप छ । ‘चलचित्रकर्मीको भावनाबाहिर गएर यसबाट डगमगाए तपाईं बसेको कुर्सी पनि अस्थायी हो । होइन भने तपाईंलाई स्थापित गरेको कुर्सीबाट चलचित्रकर्मीले विस्थापित पनि गरिदिन्छन्,’ शाहले भने । बोर्ड अध्यक्ष केसीले आफ्नो सल्लाह नसुनेको गुनासो गर्दै शाहले यस वर्षको सुरुवातमा बोर्डको प्रमुख सल्लाहकार पदबाट राजीनामा दिएका थिए । त्यसयता यी दुईबीचको सम्बन्ध चिसिएको अनुमान भइरहेका छन् । शाहले बोर्डको कार्यशैली नसुध्रिए सडक आन्दोलन गर्ने चेतावनी समेत दिए ।

बोर्ड अध्यक्ष केसीले बोर्डलाई स्वायत्त बनाउन नै आफू बोर्डमा आएको बताएका थिए । ‘चलचित्र विकास बोर्ड स्वायत्त बनाउन नै म चलचित्र विकास बोर्डमा आएको हुँ । विगत ४० वर्षअघि देखिको ऐन अहिलेसम्म किन पास भएको छैन ? म पदका लागि होइन, चलचित्रकर्मीको लागि आएको हुँ । जागिर खान होइन । यदि कोही व्यक्ति भोलिको दिनमा आएर कसैले भुवन केसी यहाँबाट गएपछि ऐन एक महिनामा पास गर्छु भनोस्, म अहिले नै जागिर छोड्न तयार छु,’ उनले भने ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid