May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

चलचित्रसँग सम्बन्धित सबै संघसंस्थाले विधेयकलाई डस्टबिनमा फ्याँकिदिए : नीर शाह

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:४५
चलचित्रसँग सम्बन्धित सबै संघसंस्थाले  विधेयकलाई डस्टबिनमा फ्याँकिदिए : नीर शाह
  • प्रस्तावित फिल्म विधेयकप्रति आपत्ति छ, चलचित्र क्षेत्रलाई धरासायी बनायो 
  • चलचित्र विकास बोर्डको अधिकार खोस्न खोज्यो,बोर्डलाई स्वायत्तता दिनुपर्ने
  • स्वतन्त्र चलचित्र आयोग बनाउन सरकारलाई सुझाव

काठमाडौं ।।

पाका फिल्म निर्माता, निर्देशक तथा अभिनेता नीर शाहले प्रस्तावित फिल्म विधेयकप्रति आपत्ति जनाउँदै यसले चलचित्र क्षेत्रलाई धरासायी बनाउने बताएका छन् । निर्माता संघको वार्षिक साधारणसभामा बोल्दै शाहले यो विधेयकले बोर्डमाथि मन्त्रालयको हस्तक्षेप अझै बढ्ने बताए ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अधिकार खोस्न खोजेको भन्दै शाहले बोर्डलाई स्वायत्तता दिनुपर्नेमा जोड दिए । ‘हामी प्रशासकीय चालबाजी र षड्यन्त्रभित्र चलचित्र उद्योगलाई सुरक्षित देखिरहेका छैनौं । यो विधेयकले मन्त्रालयको हस्तक्षेप बढाउँछ । त्यसैले विधेयकलाई चलचित्रसँग सम्बन्धित सबै संघसंस्थाले डस्टबिनमा फ्याँकिदिएका छन्,’  उनले भने ।

उनले स्वतन्त्र चलचित्र आयोग बनाउन सरकारलाई सुझाव दिए । बोर्डको उद्देश्य र भावना बाहिर गएर भुवन केसी नेतृत्वको बोर्डले काम गरिरहेको शाहको आरोप छ । ‘चलचित्रकर्मीको भावनाबाहिर गएर यसबाट डगमगाए तपाईं बसेको कुर्सी पनि अस्थायी हो । होइन भने तपाईंलाई स्थापित गरेको कुर्सीबाट चलचित्रकर्मीले विस्थापित पनि गरिदिन्छन्,’ शाहले भने । बोर्ड अध्यक्ष केसीले आफ्नो सल्लाह नसुनेको गुनासो गर्दै शाहले यस वर्षको सुरुवातमा बोर्डको प्रमुख सल्लाहकार पदबाट राजीनामा दिएका थिए । त्यसयता यी दुईबीचको सम्बन्ध चिसिएको अनुमान भइरहेका छन् । शाहले बोर्डको कार्यशैली नसुध्रिए सडक आन्दोलन गर्ने चेतावनी समेत दिए ।

बोर्ड अध्यक्ष केसीले बोर्डलाई स्वायत्त बनाउन नै आफू बोर्डमा आएको बताएका थिए । ‘चलचित्र विकास बोर्ड स्वायत्त बनाउन नै म चलचित्र विकास बोर्डमा आएको हुँ । विगत ४० वर्षअघि देखिको ऐन अहिलेसम्म किन पास भएको छैन ? म पदका लागि होइन, चलचित्रकर्मीको लागि आएको हुँ । जागिर खान होइन । यदि कोही व्यक्ति भोलिको दिनमा आएर कसैले भुवन केसी यहाँबाट गएपछि ऐन एक महिनामा पास गर्छु भनोस्, म अहिले नै जागिर छोड्न तयार छु,’ उनले भने ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।