sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उद्धव थापाकै नेतृत्वमा सरकार बनाउन पहल गर्दै कांग्रेस

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १४:५२
उद्धव थापाकै नेतृत्वमा सरकार बनाउन पहल गर्दै कांग्रेस
  • कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने
  • राप्रपाको समेत सहयोग लिएर सरकार बनाउन पहल गर्ने विषयमा छलफल
  • कांग्रेसको नेतृत्वमा सरकार बनाउन राप्रपासँग ‘स्टेप बाई स्टेप’ संवाद गर्ने तयारी

काठमाडौं ।।

नेपाली कांग्रेसले कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने गरी निर्णायक पहल गर्ने विषयमा छलफल गरेको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठकमा राप्रपाको समेत सहयोग लिएर सरकार बनाउन पहल गर्ने विषयमा छलफल भएको हो । छलफलबारे जानकारी दिँदै बैठकमा सहभागी पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीभित्र पात्र फेरेर मुख्यमन्त्री बनाउने विषयमा छलफल नभएको जानकारी दिए ।

“प्रदेश संसदीय दलका नेताको विकल्प खोजेर सरकार बनाउने कुरा अन्य दलले बजार हल्ला चलाएका हुन् । पार्टीभित्र यो विषयमा मतभेद छैन । संसदीय दलको नेताको विकल्प खोज्ने हैन कि अहिलेको गठबन्धनमा राप्रपालाई पनि लिएर सरकार बनाउन पहल गर्ने कुरा भएको छ,” विश्वकर्माले भने, “यो निर्णय गर्ने बैठक हैन । हामीले हाम्रै नेतृत्वमा सरकार बनाउने गरी पहल अघि बढाउने छलफलको प्रारम्भिक चरण अघि बढाएका हौँ ।” कांग्रेसको नेतृत्वमा सरकार बनाउन राप्रपासँग ‘स्टेप बाई स्टेप’ संवाद गर्ने तयारी भएको उनले जानकारी दिए ।

“अगाडि राजनीतिक रुपले सरकार बने पनि प्राविधिक रुपमा हामी सफल भएनौँ । हामीले धोका खायौँ,” उनले भने, “धारा ५ मा कांग्रेसको सरकार बनाउने, गठबन्धन एक ढिक्का राख्ने र राप्रपासँग ‘स्टेप बाई स्टेप’ संवाद गरेर पार्टीको नेतृत्वमा सरकार बनाउने कुरा भएको छ ।”यस्तै, बैठकमा परारष्ट्रमन्त्री एनपी साउदले इजरायल घटनाको बारेमा जानकारी गराएको तथा नेपालीको उद्धारको विषयमा भएको काम र भइरहेको पहलबारे जानकारी गराएका थिए । बैठकमा संसदीय भूमिकामा कांग्रेस कसरी खरो उत्रने, विधेयकहरूलाई प्रभावकारी बनाउन कांग्रेसले खेल्ने भूमिकालगायत विषयमा छलफल भएको उनले जानकारी दिए ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid