May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

उद्धव थापाकै नेतृत्वमा सरकार बनाउन पहल गर्दै कांग्रेस

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १४:५२
उद्धव थापाकै नेतृत्वमा सरकार बनाउन पहल गर्दै कांग्रेस
  • कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने
  • राप्रपाको समेत सहयोग लिएर सरकार बनाउन पहल गर्ने विषयमा छलफल
  • कांग्रेसको नेतृत्वमा सरकार बनाउन राप्रपासँग ‘स्टेप बाई स्टेप’ संवाद गर्ने तयारी

काठमाडौं ।।

नेपाली कांग्रेसले कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने गरी निर्णायक पहल गर्ने विषयमा छलफल गरेको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठकमा राप्रपाको समेत सहयोग लिएर सरकार बनाउन पहल गर्ने विषयमा छलफल भएको हो । छलफलबारे जानकारी दिँदै बैठकमा सहभागी पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीभित्र पात्र फेरेर मुख्यमन्त्री बनाउने विषयमा छलफल नभएको जानकारी दिए ।

“प्रदेश संसदीय दलका नेताको विकल्प खोजेर सरकार बनाउने कुरा अन्य दलले बजार हल्ला चलाएका हुन् । पार्टीभित्र यो विषयमा मतभेद छैन । संसदीय दलको नेताको विकल्प खोज्ने हैन कि अहिलेको गठबन्धनमा राप्रपालाई पनि लिएर सरकार बनाउन पहल गर्ने कुरा भएको छ,” विश्वकर्माले भने, “यो निर्णय गर्ने बैठक हैन । हामीले हाम्रै नेतृत्वमा सरकार बनाउने गरी पहल अघि बढाउने छलफलको प्रारम्भिक चरण अघि बढाएका हौँ ।” कांग्रेसको नेतृत्वमा सरकार बनाउन राप्रपासँग ‘स्टेप बाई स्टेप’ संवाद गर्ने तयारी भएको उनले जानकारी दिए ।

“अगाडि राजनीतिक रुपले सरकार बने पनि प्राविधिक रुपमा हामी सफल भएनौँ । हामीले धोका खायौँ,” उनले भने, “धारा ५ मा कांग्रेसको सरकार बनाउने, गठबन्धन एक ढिक्का राख्ने र राप्रपासँग ‘स्टेप बाई स्टेप’ संवाद गरेर पार्टीको नेतृत्वमा सरकार बनाउने कुरा भएको छ ।”यस्तै, बैठकमा परारष्ट्रमन्त्री एनपी साउदले इजरायल घटनाको बारेमा जानकारी गराएको तथा नेपालीको उद्धारको विषयमा भएको काम र भइरहेको पहलबारे जानकारी गराएका थिए । बैठकमा संसदीय भूमिकामा कांग्रेस कसरी खरो उत्रने, विधेयकहरूलाई प्रभावकारी बनाउन कांग्रेसले खेल्ने भूमिकालगायत विषयमा छलफल भएको उनले जानकारी दिए ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट