May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

विद्यार्थीलाई परीक्षाबाट बञ्चित गरेको सरस्वती माविलाई स्पष्टीकरण

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० १0:१८
विद्यार्थीलाई परीक्षाबाट बञ्चित गरेको सरस्वती माविलाई स्पष्टीकरण

विराटनगर । कानुनविपरीत विद्यार्थीसँग शुल्क उठाएको र परीक्षा शुल्क नबुझाएको आरोपमा परीक्षाबाट बञ्चित गराएको घटनाको विराटनगर महानगरपालिकाले छानविन सुरु गरेको छ । विराटनगर–९ स्थित सरस्वती माध्यमिक विद्यालयले परीक्षा शुल्क नबुझाएको निहुँमा १५० जना भन्दा बढी विद्यार्थीलाई परीक्षामा भाग लिनबाट बञ्चित गरेको समाचार हाम्रोमत दैनिकमा प्रकाशित भएपछि महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालयको निरीक्षण गरेर विद्यालयसँग स्पष्टीकरण सोधेको छ ।

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईको नेतृत्वको टोलीले सोमबार सरस्वती माध्यमिक विद्यालयमा निरीक्षणा गरेको थियो । त्यस क्रममा परीक्षा दिनबाट बन्चित भएका विद्यार्थी, विद्यालयका प्रधानध्यापक र शिक्षकहरुसँग कुराकानी गरेको शिक्षा महाशाखा प्रमुख भट्टराईले बताए । ‘विद्यालयले आन्तरिक रुपमा लिएको तेस्रो दिनको परीक्षामा केही विद्यार्थी परीक्षा दिनबाट बन्चित भएको पाइएको निरीक्षणको क्रममा देखियो,’ माहाशाखा प्रमुख भट्टराईले भने, ‘परीक्षा दिनबाट बन्चित भएका विद्यार्थीहरुलाई नियमित परीक्षामा सामेल गराएका छौं ।’ आइतबार तेस्रो दिनको परीक्षा दिनबाट बन्चित भएको विद्यार्थीहरुलाई पनि अन्तिम दिनमा परीक्षा लिन विद्यालयलाई निर्देशन दिएको उनले बताए ।

निरीक्षणपछि विद्यालयलाई के कति कारणले विद्यार्थीलाई परीक्षाबाट बन्चित गराएको र कुन–कुन शिर्षकमा अभिभावकबाट शुल्क लिएको त्यस विषयमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न पनि महानगरपालिको सोमबार पत्रचार गरेको छ । ‘के कति कारणबाट कतिजना विद्यार्थी परीक्षा दिन बन्चित भएका हुन् ? विद्यालयले कुन कुन शिर्षक र कानुनी आधारमा विद्यार्थी÷अभिभावकसँग शुल्क वा सहयोग रकम लिने गरेको छ ? सो सम्बन्धमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न जानकारी गराइन्छ । कुनै पनि कारणबाट विद्यार्थीलाई विद्यालयले लिने परीक्षाबाट बञ्चित नगराउनसमेत निर्देशन दिइन्छ,’ महानगरपालिकाले गरेको पत्रमा उल्लेख छ ।

शिक्षा ऐन अनुसार सरकारी विद्यालयले विद्यार्थीहरुसँग शुल्क उठाउन नमिल्ने प्रष्ट उल्लेख गरेको छ । तर, सरस्वतीसहित यहाँका अधिकाशं सामुदायिक विद्यालयले अंग्रेजी माध्यबाट पठनपठान गराउनले विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क असुल्दै आएको छ ।नेपाली र अंग्रेजी माध्यमबाट पढाइ हुने सरस्वतीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई परीक्षा शुल्कवापत १५० देखि २०० रुपैयाँसम्म असुल्ने गरेको छ । त्यसबाहेक मासिक शुल्क पनि लिने गरेको अनुगमनका क्रममा पाइएको थियो । यसरी गैर कानुनी तरिकाले परीक्षाको नाममा लिएको शुल्क नबुझाउँदा विद्यार्थी परीक्षा हलबाट निकालेर घर पठाएका थिए । विद्यालयले दोस्रो त्रैमासिक परीक्षा १९ पुसबाट लिन सुरु गरेको हो । तेस्रो दिनको आइतबार गणित विषयको परीक्षामा शुल्क नबुझाएको भन्दै विद्यार्थीहरु निकालिएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० १0:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट