sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आज पनि सन्दीप लामिछानेको मुद्दा हेरिएन

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:३८
आज पनि सन्दीप लामिछानेको मुद्दा हेरिएन
  • सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित
  • मुद्दामा विभिन्न आदेशसहित फैसला सर्दै
  • न्यायाधीश अभावकै कारण जिल्ला अदालतका ३० मध्ये आज २१ फाँट मात्र इजलास बस्यो 
  • ३० न्यायाधीश रहने काठमाडौं जिल्ला अदालतमा ६ जना सरुवा भएर आउनै बाँकी

काठमाडौं ।।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । नाबालिग बलात्कारको अभियोगमा सन्दीपविरुद्ध एक वर्षअघि मुद्दा दायर गरिएको थियो । मुद्दामा विभिन्न आदेशसहित फैसला सर्दै आएको थियो । पछिल्लो समय भने लगातार पेसी नै स्थगित हुँदै आएको छ । काठमाडौं जिल्ला अदालतमा बिहीबारका निम्ति तोकिएको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण हुन नसकेको बताइएको छ । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार न्यायाधीश अभावकै कारण जिल्ला अदालतका ३० मध्ये आज २१ फाँट मात्र इजलास बसेको छ ।

३० न्यायाधीश रहने काठमाडौं जिल्ला अदालतमा ६ जना सरुवा भएर आउनै बाँकी छ । तीन न्यायाधीश बिदामा छन् । बिहीबारको पेसी तोकिए पनि भएका न्यायाधीशले गोला टिप्दा सन्दीपको मुद्दा नपरेको बताइएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपविरुद्धको मुद्दाको चाँडो सुनुवाइ गर्न आदेश दिएको थियो । जिल्ला अदालतबाट भने ‘पीडित’को जन्ममिति यकिन गर्ने आदेश भइरहेका छन् । गएको साउन ३२ गते त न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाकै जन्ममिति यकिन गर्ने आदेश दिएको थियो ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid