April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

आज पनि सन्दीप लामिछानेको मुद्दा हेरिएन

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:३८
आज पनि सन्दीप लामिछानेको मुद्दा हेरिएन
  • सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित
  • मुद्दामा विभिन्न आदेशसहित फैसला सर्दै
  • न्यायाधीश अभावकै कारण जिल्ला अदालतका ३० मध्ये आज २१ फाँट मात्र इजलास बस्यो 
  • ३० न्यायाधीश रहने काठमाडौं जिल्ला अदालतमा ६ जना सरुवा भएर आउनै बाँकी

काठमाडौं ।।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । नाबालिग बलात्कारको अभियोगमा सन्दीपविरुद्ध एक वर्षअघि मुद्दा दायर गरिएको थियो । मुद्दामा विभिन्न आदेशसहित फैसला सर्दै आएको थियो । पछिल्लो समय भने लगातार पेसी नै स्थगित हुँदै आएको छ । काठमाडौं जिल्ला अदालतमा बिहीबारका निम्ति तोकिएको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण हुन नसकेको बताइएको छ । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार न्यायाधीश अभावकै कारण जिल्ला अदालतका ३० मध्ये आज २१ फाँट मात्र इजलास बसेको छ ।

३० न्यायाधीश रहने काठमाडौं जिल्ला अदालतमा ६ जना सरुवा भएर आउनै बाँकी छ । तीन न्यायाधीश बिदामा छन् । बिहीबारको पेसी तोकिए पनि भएका न्यायाधीशले गोला टिप्दा सन्दीपको मुद्दा नपरेको बताइएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपविरुद्धको मुद्दाको चाँडो सुनुवाइ गर्न आदेश दिएको थियो । जिल्ला अदालतबाट भने ‘पीडित’को जन्ममिति यकिन गर्ने आदेश भइरहेका छन् । गएको साउन ३२ गते त न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाकै जन्ममिति यकिन गर्ने आदेश दिएको थियो ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट