May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत

आन्दोलनरत पालिका कर्मचारी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदै

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १0:१३
आन्दोलनरत पालिका कर्मचारी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदै

काठमाण्डाै – आन्दोलनरत पालिकाका कर्मचारी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ । यसअघि हिजो भएको वार्तामा आन्दोलनरत कर्मचारीले उठाएका सबै मुद्दामा छलफल गर्न समय अपुग भएपछि आजका लागि सारिएको हो ।

पालिका कर्मचारी केन्द्रीय सङ्घर्ष समितिका महासचिव विजय देवकोटाका अनुसार सरकार पक्षबाट सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा परिमार्जन गरी आन्दोलनरत कर्मचारीको मागअनुसार एकीकृत निजामती सेवा ऐन बनाउनेबारेमा सकारात्मक प्रतिक्रिया आएको छ ।

मन्त्रालयले हिजो आन्दोलनरत कर्मचारीसँग वार्ता गर्नका लागि सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईको नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । भट्टराई नेतृत्वको सरकारी वार्ता टोलीमा मन्त्रालयका सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र प्रशासनका उपसचिव खिलराज राई हुनुहुन्छ ।

आन्दोलनरत पालिका कर्मचारीबाट केन्द्रीय सङ्घर्ष समितिका पदाधिकारी र कर्मचारी ट्रेड युनियनहरूका प्रतिनिधि सहभागी छन् । पालिकाका कर्मचारीले १२ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका छन्।

सङ्घीय निजामति सेवा ऐनको सट्टा एकीकृत निजामति सेवा ऐन जारी गर्नुपर्ने, पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतिको परिभाषाभित्र पालिकाका कर्मचारीलाई समेत समेटिनुपर्ने लगायतका माग राखेर पालिकाका कर्मचारीले आन्दोलन गर्दै आएका हुन् । उनीहरुले गएको १९ गतेदेखि पेन डाउन गर्दै आएका छन् ।

तस्बिर : राकेश कुमार राउतकाे फेसबुक

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १0:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट