काठमाडौं ।।
नेकपा (एमाले) को मधेस प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउने कसरत जारी छ । बुधबारबाट सुरु भएको अधिवेशन सहमतिमा टुंग्याउनका लागि चरणबद्ध रूपमा छलफल भइरहेको छ । अहिले मधेस प्रदेशका इन्चार्ज योगेश भट्राई, कोसीका इन्चार्ज रघुवीर महासेठले पार्टीका पोलिट्ब्यूरो सदस्यसँग छलफल गरिरहेका छन् । पदाधिकारीमा सर्वसम्मतका लागि बनाइएको खाकामा छलफल जारी छ ।
“पदाधिकारीमा सर्वसम्मतिका लागि एउटा खाका बनाइएको छ । अहिले नेताहरूले पोलिट्ब्यूरो सदस्यसँग छलफल गरिरहनुभएको छ,” एक नेताले जानकारी दिए । स्रोतका अनुसार अध्यक्षमा चन्देश्वर मण्डल, उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेल, उपसचिव आरती भण्डारी र मोहम्मद कयसलाई प्रस्ताव गर्ने तयारी छलफल भइरहेको छ ।