sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रथीलाई जगेडा बनाउंदै जंगी अड्डा

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १४:५८
रथीलाई जगेडा बनाउंदै जंगी अड्डा
  • यमबहादुर अधिकारीलाई जगेडाका रूपमा राख्ने 
  • अवकाशको मुखमा पुगेका अधिकारीलाई ३ वर्ष कार्यकाल थप

काठमाडौं ।

जंगी अड्डाले सहायक रथी यमबहादुर अधिकारीलाई जगेडाका रूपमा राखेको छ । अवकाशको मुखमा पुगेका अधिकारीलाई सरकारले ३१ भदौदेखि लागु हुनेगरी तीन वर्ष कार्यकाल थप गरेपछि उनलाई जगेडाका रूपमा राखिएको हो । उनको कार्यकाल थप गरेकोप्रति जंगी अड्डा सरकारप्रति असन्तुष्ट छ । यद्यपि, सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने अधिकारीको नियमित सरुवा भएर हाल जंगी अड्डाकै सैनिक सचिव विभागमा कार्यरत रहेको बताए । सैनिक स्रोतले भने जगेडाकै रूपमा राख्न उनलाई त्यहाँ सरुवा गरिएको दाबी गरे । उनको सहायक रथीको कार्यकाल तीन वर्ष थप्नुअघि उनी वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको नेतृत्वमा थिए ।

हाल अधिकारीलाई सरुवा गरिएको विभागमा लामो समयदेखि अर्का सहायक रथी जोतिन्द्र महत कार्यरत छन् । सैनिक स्रोतले भन्यो, “सैनिक सचिव विभागले सैनिक अधिकारीहरूको अभिलेख राख्नेदेखि करियर प्लानिङको काम गर्ने गर्छ । त्यहा पहिलादेखि नै महत सर हुनुहुन्छ । अहिले यम सरलाई ल्याएर के गर्नु हुन्छ ? जगेडा भनेको त्यहीँ होइन र ?’ सहायक रथी यमबहादुर अधिकारी पूर्वमाओवादीका डिभिजन कमाण्डर हुन् । सेना समायोजनपछि उनीसहित ७१ जना सैनिक अधिकृत र करिब १५ सय नेपाली सेनामा भर्ती भएका थिए ।

जसमध्ये सबैभन्दा उपल्लो तहमा अधिकारी भर्ना भएका हुन् । उनी उपसेनानी पदबाट सेनामा प्रवेश गरेका थिए । पछि बढुुवा हुँदै सेनानी, प्रमुख सेनानी, महासेनानीसम्म पुगे । सैनिक ऐनअनुसार उनी महासेनानी (कर्णेल) पदबाट भने १ असोज २०७६ मा अवकाशमा जानुपर्ने थियो ।तर, सरकारले त्यो बेलासमेत दरबन्दी नै नभएको सहायक रथीको विशेष दरबन्दी श्रृजना गरेर उनलाई बढुवा गरेको थियो । त्यो बेला सरकारको नेतृत्वमा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए ।

हाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारले उनको कार्यकाल थप तीन वर्ष थपेको हो । सहायक रथीको कार्यकाल चार वर्षको हुन्छ । दोस्रो पटक विशेष काम गरेको अस्थामा तीन वर्ष थप गर्न सकिने सैनिक ऐनमै व्यवस्था छ । तर, सहायक रथी बन्दा नै विशेष दरबन्दी थप गरेर बढुवा गरिएका कारण त्यस्तो पदको अवधि सकिनासाथ स्वतः सकिनु पर्ने असन्तुष्ट सैनिक अधिकारीहरूको छ ।

यस प्रकारको घटनाले सेनामा राजनीतिकरण हुने गुनासो उनीहरूको छ । पूर्वसहायक रथी प्रेम बस्न्यातले पनि विशेष दरबन्दी एक पटकलाई मात्रै हुने बताए । सहायक रथी अधिकारीको पदावधी थप गर्दा प्रधानसेनापति प्रभुराम शर्माको समेत एकलौटी सिफारिसमा सरकारले उनको पदावधि थप गरेको केही सैनिक अधिकारीहरू बताउँछन् । अधिकारीको पदावधि थप गर्नेबारे निणर्य गर्न बसेको सैनिक प्रिन्सिपल स्टाफ अफिसर्सको बैठकमा अधिकांश जर्नेलहरूले उनको पदावधि थप नगर्नु पर्ने राय दिएको स्रोतको दाबी छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १४:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid