December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

बेपत्ता पत्रकार ढकालको शव कृष्णभीरमा भेटियो

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:१९
बेपत्ता पत्रकार ढकालको शव कृष्णभीरमा भेटियो

पत्रकार प्रकाश ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको छ। उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए।

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष गीता थापा, प्रहरी र पत्रकारसहितको टोलीले आज कृष्णभीरको मुनि खोल्सामा अड्किरहेको अवस्थामा उनको शव फेला पारेको हो। त्रिशूलीमा र्‍याफ्टिङ गरिरहेका एक व्यक्तिले टाढाबाट शव देखेर प्रहरीलाई सूचना दिएका थिए। त्यसपछि प्रहरीसहितको टोली घटना स्थल पुगेको हो।

पत्रकार ढकाल तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए। भाइटीका मनाएर बिहीबार उनी घरबाट हिँडेका थिए। तर, शुक्रबार १ बजेदेखि उनी सम्पर्कविहीन भए। त्यसपछि उनको खोजबिन सुरु भएको थियो।

उनी लोकदोहोरी प्रतिष्ठान यूएई शाखाको पूर्वसहसचिव हुन्। वैदेशिक रोजगारीका लागि दुबईमा छँदा ढकाल सो जिम्मेवारीमा थिए। उनले करिब दुई दर्जन गीतमा अभिनय पनि गरेका छन्।

ढकालको दुई वर्षअघि श्रीमतीसँग पारपाचुके भएको थियो। उनीहरूका दुई सन्तान छन्। पारिवारिक कारणले ढकाल केही मानसिक तनावमा पनि रहेको निकटस्थहरुले बताएका छन्।

उनी विगत सात वर्षदेखि लालीगुराँस डटकम नामक अनलाइनमा संवाददाताका रुपमा कार्यरत थिए।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।