May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

करातेमा नेपाललाई ऐतिहासिक रजत पदक

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १0:३९
करातेमा नेपाललाई ऐतिहासिक रजत पदक
  • १९ औ एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक

 

चीन /

चीनमा जारी १९ औ एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक जितेको छ। नेपालकी एरिका गुरुङले करातेमा ऐतिहासिक रजत पदक नेपाललाई दिलाउन सफल भएकी हुन्।

उनी १०औं विश्व सितोरियो करातेकी स्वर्ण पदक विजेता खेलाडी हुन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको नेपाल कराते महासंघले जनाएको छ। ६८ केजी तौल समूहको फाइनल प्रतिस्पर्धामा उनले जित हासिल गरेको खण्डमा नेपाललाई पहिलो स्वर्णपदक दिलाउने खेलाडी बन्ने थिइन्।

उनलाई काजकिस्तानकी बेरुल्टसेवा सोफियाले ३–० ले पराजित गरेपछि उनी रजतमा सीमित भएकी हुन्। नेपालले अहिलेसम्म एसियन गेम्समा स्वर्ण जितेको छैन। एसियाडमा नेपाललाई पहिलो रजत पदक तेक्वान्दोकी सविता राजभण्डारीले दिलाएकी थिइन्। १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाडमा उनले रजत जितेकी थिइन्। अहिलेसम्म नेपालले १९औं एसियाली खेलकुदमा एक रजत र एक कास्य पदक जितेको छ। महिला कवड्डीतर्फ नेपालले कास्य पदक जितेको हो।

एरिकाले सेमिफाइलनमा हङकङकी यान काई होलाई ८–४ अंकको अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन् भने क्वार्टरफाइलनमा उनले जापानकी युजुकी सावाएलाई १–१ को खेल खेले पनि पहिले अंक जोडेका आधारमा जित निकालेकी थिइन्।

पदक तालिकाको वरीयतामा नेपाल ३३औं स्थानमा छ। ओमन, बंगलादेश, इराक, ब्रुनाइ, दारुसलाम पनि समान पदकसहित ३३औं स्थानमा नै रहेका छन्।

भारतले अहिलेसम्म सर्वाधिक पदक जितेको छ। उसले २८ स्वर्ण, ३६ रजत र ४१ कास्य गरी कुल १०५ पदक जितेको छ। श्रीलंकाले १ स्वर्ण, २ रजत र २ कास्य गरी कुल ५ पदक जितेको छ। अफगानिस्तानले पनि १ रजत र ४ कास्य जितेको छ। पाकिस्तानले १ रजत २ कास्य जितेको छ। माल्दिभ्स र भुटानले अहिलेसम्म पदक जितेका छैनन् ।

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।