April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

मलाई भाषण गर्न र झुट कुरा बोल्न आउँदैन जे बोल्छु मनदेखि बोल्छु : डा. शशांक कोइराला

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १५:४८
मलाई भाषण गर्न र झुट कुरा बोल्न आउँदैन जे बोल्छु मनदेखि बोल्छु : डा. शशांक कोइराला
  • कांग्रेस एकजुट हुन सके जुनसुकै दलले पनि हराउन सक्दैन
  • पार्टी एकताको पक्षमा एकजुट हुनुपर्छ 
  • टिकट लिएर निर्वाचन लड्न जाँदा आफूले वडाको नाम रटेर गएको याद छ 

काठमाडौं ।।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एकजुट हुन सके जुनसुकै दलले पनि हराउन नसक्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा बोल्दै उनले पार्टी एकताको पक्षमा एकजुट हुनुपर्ने बताए । उनले आफू दाबीका साथ भन्न सक्ने भन्दै एकजुट भए जति अरु दल मिलेपनि कांग्रेसलाई हराउन नसक्ने उल्लेख गरे । फरक प्रसंगमा उनले आफूलाई भाषण गर्न र झुट कुरा बोल्न नआउने बताए । पहिलोपटक टिकट लिएर निर्वाचन लड्न जाँदा आफूले वडाको नाम रटेर गएको प्रसंग कोट्याउँदै उनले आफूले जितेर आएको उल्लेख गरे ।

मलाई टिकट दिएको ठाउँको  नाम रटेर जानुपर्दथ्यो । म रटेर जान्थे । त्यहाँ पनि मैले जिते २३ जनाले जित्दा मैले  पनि जितें  । लगातार पाँच पटक जितें,” उनले भने, “न मलाई भाषण गर्न आउँछ न मैले चमात्कार गरेको छ । मैले हृदय छोएको छु । उनीहरूले मलाई त्यति माया गर्छन् ।” उनले आफूले बोल्ने कुरा हृदयबाट आउने स्पष्ट पारे । “म दिमागबाट भाषण गर्दिन हृदयको कुरा गर्छु । मलाई झुटो कुरा गर्न आउँदैन । झुट बोल्दा मूल्य पनि चुकाउनुपर्छ सत्य बोल्नुपर्छ,” उनले भने । आफूले पटक–पटक जितेर पनि चमात्कार गर्न नसकेको भन्दै उनले प्रयास पनि गरिरहेको उल्लेख गरे । “कांग्रेस एक जुट पारौँ । दीर्घकालीन योजना कस्तो बनाउने जनताको मन छुनेगरी कार्ययोजना बनाउने,” उनले भने, “मैले जितेर चमात्कार गरेको छैन । प्रयास गर्ने हो जीवन भनेको यही हो । फलको चिन्ता गर्नु हुँदैन । पैसा भनेको हातको मैलो हो ।”

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।