May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

सञ्जय भण्डारीले तीनकुने काण्ड बाहेक थप ९ जना मान्छे मारेको खुलाशा

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १६:५३
सञ्जय भण्डारीले तीनकुने काण्ड बाहेक थप ९ जना मान्छे मारेको खुलाशा
  • विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिएको झोँकमा
  • एक जनाको हत्या गर्न जाँदा अरु पनि परेको बयान 
  • ठक्कर दिने हुलिया राम्रोसँग नियालेका कारण स्मरण गर्दै दिए बयान 
  • बहिराप्रति गरिने सामाजिक विभेदका कारण हत्याकाण्ड भएको खुलाशा 

 काठमाडौं ।।

तीनकुनेमा एक महिनाअघि भएको चार जनाको सामूहिक हत्यामा संलग्न सञ्जय भण्डारीले विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिएको झोँकमा एक जनाको हत्या गर्न जाँदा अरु पनि परेको बयान दिएका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले भनेका छन्, ‘म तीक्ष्ण क्षमता भएको व्यक्ति हुँ, एकपटक देखेको व्यक्तिलाई सधैं चिन्न सक्छु र हरेक कुरा लामो समयसम्म दिमागमा राख्न सक्छु ।’ मोटरसाइकलले ठक्कर दिँदा चालकको अनुहार, आँखा, शरीरको जिउडाल लगायतका हुलिया राम्रोसँग नियालेका कारण स्मरण भइहेको उनले बताएका छन् ।

‘दुर्घटनापछि मोटरसाइकल कोटेश्वरतर्फ गएको थियो, त्यही अनुसार ठक्कर दिएर उपचार खर्च नदिइ निरन्तर हातपात गर्ने मोटरसाइकल चालकको म निरन्तर खोजीमा थिएँ’, उनले भनेका छन्, ‘काँडाघारी बस्ने हुँदा कोटेश्वरको बाटो हुँदै हिँड्ने क्रममा मलाई ठक्कर दिने मोटरसाइकल चालकलाई चिनेँ ।’ त्यसपछि पिछा गर्नै जाँदा तीनकुनेस्थित दिव्य : मिलमा छिरेको उनले बताए । ‘पछि पटकपटक उद्योगमा जाँदा त्यहीँको अस्थायी टहरामा उनी बस्ने गरेको यकिन भयो’, उनी भन्छन्, ‘उनको नाम नविन राई हो भन्ने पनि पक्राउ परेपछि मात्र थाहा पाएको हुँ ।’ उनी बस्ने स्थान पत्ता लगोपछि एक-दुई महिना घरमा गएर बसेको उनले भनेका छन् ।

‘घटनाको अघिल्लो दिन बेलुका काठमाडौंमा गएर ठक्कर दिने चालकलाई मार्नुपर्छ भन्ने लाग्यो, त्यसपछि काठमाडौंमा गएर योजना बनाएँ’, उनले भनेका छन्, ‘घटनास्थल जाने क्रममा गौशालाबाट मोबाइल अफ गरेँ, खुकुरी राखेको झोला बोकेर हिँडेको थिएँ ।’घटनास्थल पुग्दा ७ बजिसकेको भन्दै उनले पछाडिपट्टीको फलामको गेट नाघेर टहरामा प्रवेश गरेको बताएका छन् । तत्काल नविन राई त्यहाँ नभएको तर, आउने वित्तिकै खुकुरी प्रहार गरेको उनले बताएका छन् । त्यसपछि क्रमशः अरुको पनि हत्या गरेको उनले भनेका छन् । ‘घटनास्थलमा पूर्णबहादुर भुजेल, अम्बिका भुजेल र सुभद्रा भुजेल आएपछि चिन्छन् भन्ने भएको हुँदा अरुको पनि हत्या गरेको थिएँ’, उनले भनेका छन् ।

भण्डारीले बहिराप्रति गरिने सामाजिक विभेदका कारण रातोपुल, धुम्बाराही , भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा विभिन्न मितिमा मान्छे मारेको भनेका छन् । उनले यो बयान सांकेतिक भाषाका दोभाषे राष्ट्रिय बहिर संघ नेपालका अध्यक्ष केपी अधिकारी र जनक पौडल समेतको रोहबरमा दिएका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले यो प्रकरणको अनुसन्धान सकेर बुझाएको रायसहितको प्रतिवेदनका आधारमा शुक्रबार अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरीले भने उनले संलग्न रहेको भनेका अरु घटनाको प्रमाणीकरण गर्न समय पर्याप्त नभएको भन्दै थप अनुसन्धान गर्ने बाटो खुलै राखेर प्रतिवेदन बुझाइएको बताएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १६:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट