काठमाण्डाै – १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच खेल चलिरहेको छ । मलेसियाको बायोमास ओभल मैदानमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
आजको खेलमा जित निकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो । नेपालले आउँदो २ गते साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आउँदाे डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।
हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् । समूह ‘ए’ मा नेपाल १ खेलमा दुई अङ्ककासाथ शीर्ष स्थानमा छ । समान खेलकासाथ दुई अङ्क नै भए पनि साउदी अरेबिया दोस्रो स्थानमा छ । बहराइन र इरान भने जितविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन् ।