April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

दमक-चिसापानी सडकको एक वर्ष म्याद थपिने

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १५:२८
दमक-चिसापानी सडकको एक वर्ष म्याद थपिने

पुस मसान्तमा काम सक्ने गरी ठेक्का लगाइएको दमक-चिसापानी (फाल्गुनन्द) सडकको पुनः एक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो ।

कालोपत्रका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सो सडक अब एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी र सरोकारवाला निकायबीच सहमति भएको हो । पहिलो खण्ड आगामी वैशाखसम्ममा काम सक्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । बाँकी दुई खण्ड एक वर्षभित्रमा काम सम्पन्न गर्ने सहमति भएको छ ।

सरकारले समयमा भुक्तानी नदिएका बीचमा काम अलपत्र छोडिएको निर्माण कम्पनीले दाबी गर्दै आएको छ । सडक अलपत्र बन्ने अवस्था आएपछि इलामका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । जिल्ला समन्वय समिति, स्थानीय सरकार, निर्माण उपभोक्ता समिति, निर्माण व्यवसायी, सञ्चारकर्मीलगायत स्थानीयले सडकको स्थलगत अनुगमन गरेका हुन् ।

अनुगमनपछि सडक निर्माणमा आइलाग्ने समस्या समाधानमा स्थानीय राजनीतिक दल तथा सरोकारवाला निकायले बाटो खोलिदिने सहमति भएसँगै काम अगाडि बढाइने निर्माण कम्पनीका सञ्चालक तुलसीराम भण्डारीले बताउनुभयो । सरोकारवाला, निर्माण व्यवसायी र स्थानीयबीच भएको छलफलमा निर्माण कम्पनीले तत्कालै काम सुरु गर्ने प्रतिबद्धता जनाएका स्थानीयले बताएका छन् ।

सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर सुधीरकुमार झाले पटक-पटक ताकेता गरिएको बताउँदै विद्यामान समस्या समाधान गरी काम अगाडि बढाउने सहमति भएसँगै कामले गति लिने जनाउनुभयो । अब पनि काम गराउन कार्यालय लागिपर्ने उहाँको भनाइ थियो । निर्माण कम्पनीका प्रतिनिधि मिलन राईले सरकारको नीतिका कारण व्यवसायीलाई समस्यामा भएको बताउनुभयो । गत आर्थिक वर्षमा भुक्तानी हुनुपर्ने रकम भुक्तानी नभएकाले काम गर्न समस्या भएको उहाँको भनाइ थियो ।

अब वैशाखसम्ममा जसरी पनि काम सम्पन्न गर्ने उहाँको दाबी थियो । पहिलो चरणको कोभिड-१९ का कारण काम गर्न समस्या भएको भन्दै राईले त्यसपछि काम थाल्न खोज्दा दोस्रो चरणको कोभिड सुरु भएपछि काम रोकिएको बताउनुभयो । मजदुरको दिन बाँकी रहेको रकमसमेत भुक्तानी गर्ने र तत्काल काम थाल्ने उहाँको भनाइ थियो । माथिल्लो दुई खण्ड निर्माणको जिम्मा लिएको लुम्बिनी-गणपति जेभीले एक वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

निर्माण कम्पनीका सञ्चालक भण्डारीले दुई खण्डको काम एक वर्षभित्रमा सम्पन्न गर्ने जानकारी दिनुभयो । स्थलगत अनुगमनपछि सडक निर्माणले गति लिनेमा आफू विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । उहाँले दुवै निर्माण कम्पनीले कामसक्ने प्रतिबद्धता जनाएकाे जानकारी दिनुभयो । जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले थप भएको समयमा काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । उहाँले स्थानीयको दबाबसमेत उत्तिकै आवश्यक रहेको भन्दै अनुगमनमा आफू निरन्तर लाग्ने बताउनुभयो ।

जिल्लास्थित नेकपा एमालेका उपाध्यक्ष उदय राईले सडक निर्माणमा ठेकेदार पक्ष बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि बहानामा सडक निर्माण रोक्न नहुने धारणा राख्नुभयो । नेपाली कांग्रेस इलामका सचिव निरोज खड्गीले लामो समयसम्म सडक निर्माणले गति लिन नसक्दा स्थानीयलाई प्रत्यक्ष असर पुगेको बताउनुभयो । स्थानीयको दैनिकी र जीविकोपार्जनमा प्रत्यक्ष जोडिएको सडक निर्माणमा आफूहरूले निरन्तर निगरानी गर्नेसमेत उहाँको भनाइ थियो । सडक निर्माण गर्न ठेकेदार कम्पनी तथा सम्बन्धित पक्षले चासो बढाउनुपर्ने उहाँले बताउनुभयो ।

फाल्गुनन्द सडक नामकरण गरिएको सो सडक दमकदेखि चिसापानीसम्मको दूरी ३३ किलोमिटर छ । कालोपत्रका लागि लागेको ठेक्काको समय चार पटकसम्म थप हुँदा समेत निर्माण हुन सकेको छैन । पहिलो खण्ड मानिएको दमकदेखि साढे छ किलोमिटर महालक्ष्मी-किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी विसं २०७५ साउन अन्तिममा सम्झौता गरेको थियो ।दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्डको ११ किमी सडक निर्माणको ठेक्का लुम्बिनी-गणपति जेभीले पाएको छ ।

सो सडकखण्ड ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो खण्ड ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको थियो । सडकमा धेरैजसो ठाउँमा नाली निर्माण र ग्याभिङ वालको काम भने सम्पन्न भइसकेको छ । रासस

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १५:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।