April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

यसै बर्ष १० वटासम्म विमान खरिद गर्छों : मन्त्री किराती

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० ११:0८
यसै बर्ष १० वटासम्म विमान खरिद गर्छों : मन्त्री किराती
  • चालु आर्थिक वर्षमा १० वटासम्म विमान खरिद गर्ने
  • कालोबजारी नियन्त्रण गर्न आग्रहसहित बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै
  • कालोबजारीलाई रोक्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गर्ने

काठमाडौं ।।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा १० वटासम्म विमान खरिद गर्ने बताएका छन् । आइतबार सत्तासाझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ)ले चाडबाडका बेला भाडादरमा हुने कालोबजारी नियन्त्रण गर्न आग्रहसहित बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । इन्धनको मूल्यवृद्धिका कारण भाडादर बढेको भन्दै उनले चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गर्ने बताए । नेपाल वायुसेवा निगमको विमान थपेर भाडादरमा देखिएको विसंगति हटाउने एक मात्र विकल्प रहेको उनको भनाइ छ ।

उनले १० वटासम्म विमान नथपी पर्यटक नेपाल नआउने जिकिर गरे । दसैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अगाडि बढाइने उनले बताए । उनले आजदेखि नेपालगन्जबाट दुर्गम क्षेत्रका निम्ति नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गरिने उल्लेख गरे ।नेविसंघका सभापति दुजाङ शेर्पाले चाडबाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरूलाई सरकारले नियमन गर्नुपर्नेमा जोड दिए । उनले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजार रुपैयाँसम्म पर्ने विषयमा निगरानी गर्न मन्त्री किरातीको ध्यानाकर्षण गराए । सरकारका नीति विद्यार्थीमैत्री बनाउनुपर्ने भन्दै उनले उच्च मूल्यवृद्धि रोक्न आग्रह गरे ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।