May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १५:३१
अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा
  • हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलन आवश्यक 
  • आन्दोलन नै अन्तिम विकल्प भएको उनको भनाइ
  • गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको टिप्पणी

काठमाडौं ।।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलनको विकल्प नभएको बताएका हुन् । उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेन्डाको मुख्य संवाहक आफूहरू नै भएको जिकिर गरे । यसका निम्ति आन्दोलन नै अन्तिम विकल्प भएको उनको भनाइ छ ।

उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति बृहत् राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको टिप्पणी उनले गरे । अबको विकल्प राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र दुई तहका सरकार भएको उनले बताए ।

“…संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्था असफल भइसकेको छ । यो भ्रष्ट व्यवस्थाको जनताले विकल्प खोजेका छन् । त्यो विकल्प भनेको राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र दुई तहको सरकार हो,” उनले भने, “यो सन्देश हामीले आमजनतासमक्ष दिनुपरेको छ । अर्थात्, संघीय गणतन्त्र नामको व्यवस्था असफल भयो । अब हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र अनिवार्य छ । यो उद्देश्य प्राप्त गर्नको निमित्त आन्दोलनबाहेक अर्को विकल्प छैन ।” अध्यक्ष थापाले राप्रपा नेपाल संगठनात्मक रूपमा कमजोर भएको पनि बताए । अब पार्टी कमिटीलाई जुझारु र सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १५:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।