May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

दसैँघरमा विधिवत् रूपमा जमरा राखिंदै 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १३:0४
दसैँघरमा विधिवत् रूपमा जमरा राखिंदै 
  • काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवत् रूपमा जमरा राखिंदै 
  • गाईको गोबरले लिपपोत गरिएको कोठा वा दसैँघरमा जमरा छर्ने गरिन्छ
  • विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वानसहित पूजाअर्चना गरिन्छ

काठमाडौं ।।

काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ । आइतबारदेखि सुरु भएको नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरी विधिवत् रूपमा जमरा राखिन्छ । हनुमानढोकास्थित दसैँघरमा पनि विधिवत् वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभसाइत बिहान ११ः२९ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाएको थियो । बन्दुक पड्काएर बढाइँ गरिएको थियो । बडादसैँको पहिलो दिन घटस्थापनका अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । यस दिन बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्रस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठा वा दसैँघरमा जमरा छर्ने गरिन्छ ।

विशेषतः जमरा जौको राख्ने गरिन्छ । अहिले भने मकै र गहुँ मिसाएर जमरा राख्ने गरिएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैँघरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वानसहित पूजाअर्चना गरिन्छ । नवरात्रिभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।

 

 

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।