May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ?

इजरायललाई अमेरिकी राष्ट्रपतिको चेतावनी

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:११
इजरायललाई अमेरिकी राष्ट्रपतिको चेतावनी
  • इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने
  • लडाकु समूह हमासलाई समाप्त गर्नुपर्ने टिप्पणी
  • नागरिकलाई बाहिर निकाल्न रफाह नाका खोलिने

काठमाडौं ।।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने चेतावनी दिएका छन् । एक अमेरिकी टेलिभिजन अन्तर्वार्तामा उनले गाजाका मानिसलाई त्यहाँबाट निस्कन र मानवीय सहायताका लागि करिडोर खोल्न दिनुपर्ने विषयलाई समर्थन गरेको बताए । बाइडेनले अक्टोबर ७ मा इजरायलमा हमला गर्ने प्यालेस्टाइनी लडाकु समूह हमासलाई समाप्त गर्नुपर्ने टिप्पणी पनि गरेका छन् । इजरायलले उत्तरी गाजाका ११ लाखभन्दा बढी मानिसलाई दक्षिणतर्फ जान भनेको छ । सीमानजिक सयौँको संख्यामा ट्यांक र सैनिक राख्दै इजरायल गाजा कब्जा गर्नेतर्फ अग्रसर देखिएको छ ।

जारी युद्धबीच बाइडेनले आउँदा दिनमा इजरायल भ्रमण गर्न सक्ने समाचार एजेन्सी एपीले जनाएको छ । प्यालेस्टाइनी नागरिकलाई विशेष गरी गाजामा संयुक्त राष्ट्रसंघ, इजिप्ट, जोर्डन, इजरायल र अरू क्षेत्रीय सरोकारवालासँगको समन्वयमा तत्काल आवश्यक मानवीय सहायता प्रदान गर्ने राष्ट्रपतिको प्रयास रहेको ह्वाइट हाउसले जनाएको छ ।

यसैबीच, इजिप्टतर्फको गाजाको सीमानाका मानवीय सहायता पठाउन खोल्ने अपेक्षा गरिएको छ । धेरै देशहरूबाट संकलित सयौँ मेट्रिकटन सहायता सामग्री इजिप्टको सिनाई प्रायद्वीपमा रोकिएको छ । सहायता सामग्री सुरक्षित रूपमा गाजामा पठाउन र त्यहाँ रहेका विदेशी नागरिकलाई बाहिर निकाल्न रफाह नाका खोलिने बताइएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीसँगको भेटपछि यस्तो बताएका हुन् । राष्ट्रसंघ, इजिप्ट, इजरायल र अरू सरोकारवालाको समन्वयमा रफाह नाका खोल्ने तयारी भइरहेको उनले उल्लेख गरे । ब्लिन्केनले नाका कहिले खोलिन्छ भन्ने निश्चित समय भने तोकेका छैनन् । आइतबार अमेरिकाले वरिष्ठ कूटनीतिज्ञ डेभिड सेटरफिल्डलाई मध्यपूर्वका निम्ति मानवीय मामिला विशेष दूतका रूपमा नियुक्त गरेको छ । उनी सोमबार इजिप्ट आइपुग्ने र थप काम गर्ने बताइएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट