April 30, 2025 | बुधबार, बैशाख १८, २०८२
सुचनाहरु
३६ लाख ठगी गरेको आरोपमा पूर्वप्रहरी हवल्दार सिंह पक्राउ काठमाडौं भ्युटावर भत्काउनु पर्ने पक्षमा सुनिता डंगोल ७ दिनदेखि बेपत्ता ९ बर्षीय बालकको शव भेटियो गाडेको अवस्थामा रहेनन् राउटे समुदायका मुखिया मिर्गौला पीडित चक्रबहादुर अस्पतालको छतबाट हामफाल्दा गयो ज्यान धरानबाट चोरेर लगेको बस भेटीयो बिराटनगरमा बेबारिसे अवस्थामा बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाले मौसम बदली हुने कश्मीर आक्रमणको बिरोध गर्दै काठमाडौमा प्रदर्शन  हतकडीसहित भागेकि महिला पक्राउ परिन भारतमा  टिकटक बनाउन भन्दै बोलाएर  खोलामा लगेर १४ बर्षीय बालकको हत्या शिक्षक आन्दोलनको बिरोधमा यातायात व्यवसायीहरू उत्रिदैछन् सडकमा  उपचार गराउन रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा पुगे आज र भोलि देश्का धेरै ठाउँमा चट्याङ र हावाहुरी सहितको पानी पर्ने  दिउसो चट्याङ लागेर २ जनाको मृत्यु गगन थापाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता  काङ्ग्रेसले किन जलायो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला? शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न गएकी संचारकर्मी घाइते शिक्षकलाई आग्रह गर्दै सुमना श्रेष्ठ भन्छिन्अ: ब त पार्टी सदस्यता त्याग्नूस्  आज मातातिर्थ औँसीः आमाको मुख हेर्ने दिन, यसरी मनाइन्छ  नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक, को हुन् ?

विपीनको खोजीमा सघाउन विदेश राज्यमन्त्रीसंग परराष्ट्रमन्त्री साउदको आग्रह

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १६:३१
विपीनको खोजीमा सघाउन विदेश राज्यमन्त्रीसंग परराष्ट्रमन्त्री साउदको आग्रह
  • परराष्ट्रमन्त्री साउदको विदेश राज्यमन्त्रीसंग टेलिफोनमा वार्ता 
  • इजरायल र प्यालेस्टाइन क्षेत्रमा विकसित घटनाक्रमका विषयमा छलफल
  • विपीनलाई बन्धक बनाएर लगेकोले खोज्न सघाउन आग्रह 

काठमाडौं ।।

परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाइफीसँग टेलिफोनमा कुराकानी गरेका छन् । कतारका विदेश राज्यमन्त्रीसँग आइतबार उनले टेलिफोन वार्ता गरेका हुन् ।फोनमा उनीहरूबीच नेपाल-कतार द्विपक्षीय सम्बन्ध, सहयोग र इजरायल र प्यालेस्टाइन क्षेत्रमा विकसित घटनाक्रमका विषयमा छलफल भएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि हराइरहेका नेपाली विद्यार्थी विपीन जोशीको खोजीमा सघाउन उनलाई आग्रह गरेका थिए । इजरायलका अस्पतालमा नभेटिएकाले हमासले विपीनलाई बन्धक बनाएर लगेको अनुमान गरिएको छ ।

हमाससँग कतार र इजिप्टको सम्बन्ध राम्रो छ । ती देशले हमासले अक्टोबर ७ मा इजरायलबाट बन्धक बनाएर गाजातर्फ लगेका १५० जनालाई छुटाउन भित्रभित्रै प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।यसैक्रममा परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्रीलाई फोन गरी विपीनलाई हमासले बन्धक बनाए/नबनाएको बारे बुझ्न आग्रह गरेका हुन् । बन्धक बनाएको भए छुटाउन पहल गरिदिन पनि उनले अनुरोध गरेको मन्त्रालय स्रोतको भनाइ छ । सोमबार काठमाडौंमा सुदूरपश्चिम पत्रकार समाजले आयोजना गरेको बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अप्रत्यक्ष रूपमा कतारका विदेश राज्यमन्त्री कुराकानी भएको उल्लेख गरे ।

मन्त्री साउदले भने, “हराएका विद्यार्थीका बारेमा इजरायल सरकार र इजरायलबाहेकका अरू खाडीका सरकारसँग पनि, जसको हमास समूहसँग पनि सम्पर्क छ भन्ने गरिन्छ, ती सरकारसँग पनि उचित समन्वय गरेर खोज्ने काम तीव्रतासँग गरिरहेका छौँ । आवश्यक ठाउँमा कुराकानी भइरहेको छ ।” परराष्ट्रमन्त्री साउद र कतारका विदेश राज्यमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको विषय कतारका मिडियाले पनि उल्लेख गरेका छन् । कतारी मिडियाका अनुसार टेलिफोन वार्ताका क्रममा कतारका विदेश राज्यमन्त्री खलाइफीले प्यालेस्टाइन र इजरायलको सीमा क्षेत्रमा हिंसा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका थिए । उनले तनाव घटाउन र युद्धबाट नागरिकलाई जोगाउन क्षेत्रीय र अन्तर्राष्ट्रिय संयुक्त प्रयासको आवश्यकतामा जोड दिएका थिए । परराष्ट्र मन्त्री साउदले उक्त क्षेत्रको तनाव कम गर्न निरन्तर प्रयास गरेकामा कतारलाई धन्यवाद दिएका थिए ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्