May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

हस्ताक्षर फिर्ता लिनुपर्ने डा. शेखर कोइरालाको माग

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १२:२९
हस्ताक्षर फिर्ता लिनुपर्ने डा. शेखर कोइरालाको माग
  • कोशीमा केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता लिन आग्रह
  • कोशीमा म व्याक हट्न सक्दिनँ : शेखर
  • ‘नाम फिर्ता गरेर गठबन्धनकै सरकार बनाउन सहयोग गर्नुस्

काठमाडौं ।।

राष्ट्रपति रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाले कोशीमा केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले आफैं फोन गरेका थिए भने देउवाको निर्देशनमा नेता ज्ञानेन्द्रबहादुुर कार्कीले फोन गरेको शेखर निकट एक केन्द्रीय सदस्यले बताए । प्रतिउत्तरमा शेखरले पार्टी जोगाउनलाई यो निर्णयमा पुग्न परेको बताएका थिए । ‘कोशीमा म व्याक हट्न सक्दिनँ । पार्टीबाट नै मुख्यमन्त्री बनाऔं ।

आफ्नो समूहबाट नभए अर्कोमा जाऔं भन्न सक्नुभएन,’ शेखरले दिएको जवाफ बारे उनी निकट नेताले भने,’कांग्रेसबाट यही नाम र यही व्यक्ति हुनुपर्दछ भनेको थिइनँ । कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्दछ मात्रै भनेको थिएँ ।’ कार्कीको नेतृत्वमा प्रदेश प्रमुखलाई बुझाइएको हस्ताक्षरबाट आफू पछि हट्नै नसक्ने शेखरले बताएका थिए । राष्ट्रपति र ज्ञानेन्द्रबहादुर कार्कीको अनुरोध नाम फिर्ता लिनका लागि थियो । ‘नाम फिर्ता गरेर गठबन्धनकै सरकार बनाउन सहयोग गर्नुस् भन्ने थियो । शेखर दाइले स्पष्टसँग नाम फिर्ता गर्न नसकिने बताउनुभयो,’ शेखर निकट नेताले भने ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १२:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।