May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ?

दशैंको मुखमा महँगियो भान्सा

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १६:२५
दशैंको मुखमा महँगियो भान्सा
  • सुरुवाती महिनाबाटै चर्को मुल्यवृद्धि खेप्नुपर्ने अवस्था 
  • खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति धेरै 

काठमाडौं ।।

सरकारले बजेट र मौद्रिक नीतिमार्फत मुद्रास्फीति ६.५ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । तर, नेपालमा सुरुवाती महिनाबाटै चर्को मुल्यवृद्धिको सामना गर्नु परेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको देखिएको छ । तथ्यांक अनुसार अघिल्लो वर्ष यसै अवधिमा मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष पनि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति धेरै रहेको छ । यसले भान्सा महँगो बनाइरहेको छ ।

यस्तो समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत मात्र रहेको छ । खाद्य तथा पेय पदार्थ भित्र समेत मरमसलामा सर्वाधिक ४५.४६ प्रतिशतले मूल्य बढेको छ । चिनी र चिनीजन्य वस्तुमा १७.८६, तरकारीमा १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत र रेष्टुरेन्ट तथा होटेलको १०.९७ प्रतिशतले मूल्य बढेको छ । घिउ तथा तेल उपसमूहको मूल्य भने १३.०८ प्रतिशतले गिरावट भएको तथ्यांकमा देखिएको छ । महँगीको मारमा सबैभन्दा धेरै हिमाल (११.३२ प्रतिशत), काठमाडौं उपत्यका (९.८३ प्रतिशत), पहाड ८.०९ प्रतिशत र तराईमा ७.०३ प्रतिशतको मूल्यवृद्धि देखिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट