May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ?

ठूलाे परिमाणकाे रकमसहित चिनियाँ मूलका भारतीय त्रिभुवन विमानस्थलबाट पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १८:५२
ठूलाे परिमाणकाे रकमसहित चिनियाँ मूलका भारतीय त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलाे परिमाणकाे रकमसहित चिनियाँ मूलका भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब महानिरीक्षक अर्जुनचन्द ठकुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आई दिल्ली जान लागेको अवस्थामा छाेदेनलाई १६ हजार ४ सय ३० अमेरिकी डलर, ५४ हजार ४ सय ५१ चिनियाँ युआन र ५ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो । छोदेनलाई प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका छोदेन भारतको दलैलामा रहेकाे धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक ठकुरीले बताउनुभयो । छोदेनबाट प्रहरीले बरामद गरेको रकम ३१ लाख ५० हजार रुपैयाँ बराबर रहेको जनाइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १८:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट