May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

वृद्ध दम्पतीको ६ लाख ३६ हजार लुटेर भाग्दा भाग्दै……

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १0:५१
वृद्ध दम्पतीको ६ लाख ३६ हजार लुटेर भाग्दा भाग्दै……
  • महोत्तरीमा वृद्ध दम्पतीबाट
  • ६ लाख ३६ हजार रुपैयाँ लुटेर फरार 
  • छोरीले पठाएको ६ लाख ३६ हजार रकम झिकेर घरतर्फ जाँदै गर्दा
  • लुटेर फरार भएको आरोपमा एक युवक पक्राउ

जनकपुरधाम ।।

महोत्तरीमा वृद्ध दम्पतीबाट ६ लाख ३६ हजार रुपैयाँ लुटेर फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मंलगवा नगरपालिका ५ भाडषरका २९ वर्षीय रमेश सहनी रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनकाा अनुसार गत असोज ७ गते दिउँसो गौशालाको एनआइसी एसिया बैंकबाट गौशाला नगरपालिका ११ भरतपुर टोल बस्ने शम्भु महतो र उनकी श्रीमती सुर्जकला देवी छोरीले पठाएको ६ लाख ३६ हजार रकम झिकेर घरतर्फ जाँदै गर्दा ६ लाख ३६ हजार रुपैयाँ लुटिएको थियो । छोरी पुनिता देवी महतोले ओखलढुंगाबाट आमा सुजर्कला देवीको खातामा सो रकम पठाएकी थिइन् ।

दुवैजना पैसा निकालेर घर फर्किरहेको बेला दिउँसो २ बजे गौशालाकै हाइस्कुल नजिकबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका एक युवकले रकम भएको झोला खोसेर फरार भएका थिए । सीसीटीभी फुटेजको आधारमा अनुसन्धान तथा खोजतलास गर्दा रमेश सहनीले सो रकम लुटपाट गरी भागेको खुलेको डिएसपी गिरीले बताए । सहनीलाई बुधबार दिउँसो इलाका प्रहरी कार्यालय गौशालाको टोलिले गौशाला नगरपालिका ७ र सर्लाही हरिपुर्वा नगरपालिका ७ को सिमानाबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट