May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

भारतमा निलम्बित सांसदको संख्या १४१ नाघ्दै

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० ११:२२
भारतमा निलम्बित सांसदको संख्या १४१ नाघ्दै
  • निलम्वित हुने प्रतिपक्षी सांसदहरुको संख्या १४१ पुग्यो 
  • लोक सभा र राज्य सभाका थप ४९ सांसद निलम्वनमा परे
  • मोदी सरकार तानाशाही बन्न खोजेको भन्दै प्रतिपक्षी दलबाट चर्को विरोध

काठमाडौं ।

भारतमा निलम्वित हुने प्रतिपक्षी सांसदहरुको संख्या १४१ पुगेको छ । जारी शीतकालीन अधिवेशनमा लोक सभाका ९५ र राज्यसभाका ४६ सांसद निलम्बनमा परेका हुन् । मंगलबार लोक सभा र राज्य सभाका थप ४९ सांसद निलम्वनमा परेका छन् । सोमबार ७८ सांसद र त्यसअघि १४ डिसेम्बरमा १४ सांसद निलम्वित भएका थिए । भारतमा यति धेरै संख्यामा सांसदहरु निलम्वन भएको पहिलोपटक हो । सन् १९८९ मार्च १५ मा ६३ सांसद निलम्बनमा परेका थिए । त्यतिबेला इन्दिरा गान्धी हत्याकाण्डको छानबिन आयोगको रिपोर्ट संसदमा पेश गर्न माग गर्दै हंगामा गर्नेहरु निलम्बनमा परेका थिए ।’ अहिले लोक सभाको सुरक्षामा लापरवाही भएको भन्दै गृहमन्त्री अमित शाहको जवाफ माग्ने सांसदहरु निलम्बनमा परेका हुन् ।

१३ डिसेम्बरमा दर्शकदीर्घामा बसेका दुई व्यक्ति संसद हलमा प्रवेश गरी पहेंलो रंगको धुलो उडाएर बैठक प्रभावित पारेका थिए । उनीहरुलाई तत्कालै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । यो मामिलामा अन्य थप चार जनालाई पनि पक्राउ परेका छन् । त्यसको भोलिपल्ट अर्थात १४ डिसेम्बरमा संसदको सुरक्षामा लापरवाही भएको भन्दै बैठक अवरोध गर्न खोजेका थिए । त्यसपछि लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसद निलम्बित भएका थिए । हाल विपक्षका कुल ४३ सांसदहरु मात्र बाँकी छन् । त्यसमा कांग्रेसका राहुल गान्धीसहित नौ सांसद मात्र छन्।

अहिले निलम्बनमा परेकाहरुमध्ये महुआ माजी जस्ता नयाँ सांसददेखि लिएर मनोज झा, जयराम रमेश, रणदीप सिंह सुरजेवाला, प्रमोद तिवारी, फारुक अब्दुल्ला, शशी थरुर, मनिष तिवारी, डिम्पल यादव जस्ता दिग्गज सांसदहरु पनि छन् । अहिले केही महत्वपूर्ण विधेयकहरु संसदमा पेश हुने मोदी सरकार तानाशाही बन्न खोजेको भन्दै प्रतिपक्षी दलबाट चर्को विरोध भइरहेको छ । यसबीचमा भारतमा विपक्षी दलहरुको समूह ‘इण्डिया एलाइन्स’को बैठकसमेत बसेको छ । बैठकपछि कांग्रेस प्रमुख मल्लिकार्जुन खड्गेले यो लोकतन्त्रप्रति खतरा भएको भन्दै भनेका छन्, ‘हामी लड्नेछौं, मैदानमा उत्रने छौं ।’

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० ११:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट