sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ललितपुरमा किसानलाई धान भित्र्याउने चटारो

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १४:३१
ललितपुरमा किसानलाई धान भित्र्याउने चटारो
  • ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै
  • दसैंअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त
  • गत वर्षकोभन्दा यो वर्ष धान उत्पादनमा कमी
  • ‘दसैंअघि धान भित्र्याएपछि ढुक्कले दसैं मनाउन पाउने

ललितपुर ।। 

ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दसैंअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैंअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेवित्तिकै धान काट्न सुरू गरेका छन् । यस वर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन्। ललितपुरको महालक्ष्मीनगरपालिका–७ चारघरेमा किसान गुछेबहादुर महर्जन पाकेर भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता भएकाले धान भित्र्याउन थालिएको राससलाई बताए । गत वर्षकोभन्दा यो वर्ष धान उत्पादनमा कमी आएको उनको भनाइ थियो ।

पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउनुलगायत कारणले यस वर्षको उत्पादनमा कमी आएको महर्जनले जानकारी दिए । ‘खेती गर्ने किसानले समयमै मल पाउँदैनन् । किसानका लागि अन्य सेवासुविधा पनि छैन । त्यस कारणले पनि बर्सेनि उत्पादन घट्दै आएको छ,’उनले भने। स्थानीय मन्दिला महर्जनको पनि यो वर्ष धान उत्पादनमा कमी आएको छ । उनले भने,’करिब दुई रोपनीमा धान लगाएका थियौँ । पानी धेरै परेकाले धानमा घाँस उम्रिएर उत्पादनमा कमी आएको छ। ‘दसैंअघि धान भित्र्याएपछि ढुक्कले दसैं मनाउन पाउने किसान बताउँछन् । अहिले ललितपुरका बुङ्गमती,चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ ।

 

 

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid