May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

ललितपुरमा किसानलाई धान भित्र्याउने चटारो

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १४:३१
ललितपुरमा किसानलाई धान भित्र्याउने चटारो
  • ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै
  • दसैंअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त
  • गत वर्षकोभन्दा यो वर्ष धान उत्पादनमा कमी
  • ‘दसैंअघि धान भित्र्याएपछि ढुक्कले दसैं मनाउन पाउने

ललितपुर ।। 

ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दसैंअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैंअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेवित्तिकै धान काट्न सुरू गरेका छन् । यस वर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन्। ललितपुरको महालक्ष्मीनगरपालिका–७ चारघरेमा किसान गुछेबहादुर महर्जन पाकेर भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता भएकाले धान भित्र्याउन थालिएको राससलाई बताए । गत वर्षकोभन्दा यो वर्ष धान उत्पादनमा कमी आएको उनको भनाइ थियो ।

पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउनुलगायत कारणले यस वर्षको उत्पादनमा कमी आएको महर्जनले जानकारी दिए । ‘खेती गर्ने किसानले समयमै मल पाउँदैनन् । किसानका लागि अन्य सेवासुविधा पनि छैन । त्यस कारणले पनि बर्सेनि उत्पादन घट्दै आएको छ,’उनले भने। स्थानीय मन्दिला महर्जनको पनि यो वर्ष धान उत्पादनमा कमी आएको छ । उनले भने,’करिब दुई रोपनीमा धान लगाएका थियौँ । पानी धेरै परेकाले धानमा घाँस उम्रिएर उत्पादनमा कमी आएको छ। ‘दसैंअघि धान भित्र्याएपछि ढुक्कले दसैं मनाउन पाउने किसान बताउँछन् । अहिले ललितपुरका बुङ्गमती,चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ ।

 

 

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट