May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

परराष्ट्रमन्त्री साउद अमेरिका जाने

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १४:४३
परराष्ट्रमन्त्री साउद अमेरिका जाने
  • एनपी साउद कात्तिक दोस्रो साताभित्र अमेरिका भ्रमणमा जाने
  • राष्ट्रसंघका एन्टोनियो गुटेरेससंग भेटघाट गरेर मन्त्री साउद अमेरिका प्रस्थान गर्ने 
  • कार्यतालिका तय भएपछि मात्रै भ्रमणको कार्यतालिका दुवै मुलुकले एकैपटक सार्वजनिक गर्ने

काठमाडौं ।।

परराष्ट्रमन्त्री एनपी साउद कात्तिक दोस्रो साताभित्र अमेरिका भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आगामी १२ कात्तिकदेखि हुने नेपाल भ्रमणमा भेटघाट गरेर मन्त्री साउद अमेरिका जाने तयारी चलिरहेको छ । हाल बेइजिङमा जारी बेल्ट एन्ड रोड फोरममा सहभागिता जनाइरहेको यूएन महासचिव गुटेरेस १२ कात्तिकमा नेपाल आउने कार्यतालिका छ । परराष्ट्रमन्त्री साउदको सचिवालयले गुटेरेस नेपाल आइपुगेपछि मात्रै उनको अमेरिका भ्रमण हुने जानकारी दिइएको छ । ‘संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस कात्तिक ११ को राति (१२ गते बिहान) नेपाल आउनु हुँदैछ । यूएन महासचिव गुटरेससँग १२ कात्तिकमा भेट गरेपछि मात्रै परराष्ट्रमन्त्री अमेरिका जाने गरी भ्रमणको कार्यतालिका बनिरहेको छ’, परराष्ट्रमन्त्रीको सचिवालयका एक सदस्यले भने ।

राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस यसअघि २६ र २७ असोजमा नेपाल आउने कार्यक्रम थियो । तर इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि उक्त कार्यक्रम स्थगित भएको थियो । परराष्ट्रमन्त्री साउदको सचिवालयका अनुसार अहिलेसम्म भ्रमणको कार्यतालिका र एजेन्डालाई अन्तिम रूप दिन बाँकी छ । ‘एजेन्डा र कार्यतालिका तय भएपछि मात्रै भ्रमणको कार्यतालिका दुवै मुलुकले एकैपटक सार्वजनिक गर्ने तयारी छ’, उनको सचिवालयले भनेको छ । अमेरिकी सरकारको निमन्त्रणामा जान लागेका परराष्ट्रमन्त्री साउदले वासिङटन डीसीमा विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री साउदले अघिल्लो महिना मात्रै संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिनिधि मण्डलसँगै न्यूयोर्क गएका थिए ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १४:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट