April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

देउवा र कार्की दुवैको व्यक्तिगत निर्णय भयो : शशांक

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १५:१२
देउवा र कार्की दुवैको व्यक्तिगत निर्णय भयो : शशांक
  • व्यक्तिगत निर्णय गरिएका कारण आफ्नो पार्टीभित्र विवाद
  • कांग्रेस सांसद मुख्यमन्त्री बन्ने विषय सकारात्मक
  • व्यक्तिगत निर्णयले पार्टीभित्र विवाद
  • कोसी प्रदेशमा केदार कार्कीले पनि व्यक्तिगत निर्णय गरे

काठमाडौं ।।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कोसी प्रदेशका विषयमा व्यक्तिगत निर्णय गरिएका कारण आफ्नो पार्टीभित्र विवाद देखिएको बताएका छन् । कांग्रेस सांसद मुख्यमन्त्री बन्ने विषय सकारात्मक भए पनि व्यक्तिगत निर्णयले पार्टीभित्र विवाद देखिएको उनले उल्लेख गरे । “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । पार्टी लोकतान्त्रिक हुन पार्टीभित्रको लोकतन्त्र बलियो हुन आवश्यक छ । यसका लागि हरेक निर्णय पार्टीले संस्थागत रूपमा गर्ने अभ्यास गर्नुपर्छ,” डा. शशांकले भने, “कोसी प्रदेशका विषयमा केन्द्रमा सभापति शेरबहादुर देउवाले पनि व्यक्तिगत निर्णय गरे । कोसी प्रदेशमा केदार कार्कीले पनि व्यक्तिगत निर्णय गरे ।”

दुवै पक्षबाट व्यक्तिगत निर्णय गरिँदा पार्टी अराजकतातर्फ जाने चिन्ता बढेको उनले बताए । “केदार कार्की नेपाली कांग्रेसका प्रदेश सांसद हुन् । उनले सरकारको नेतृत्व गर्नु नेपाली कांग्रेसले नै गर्नु हो । यसमा विवाद गर्नुपर्ने कारण म देख्दिनँ,” उनले भने, “तर, निर्णय संस्थागत हुन सकेन । केन्द्रबाट सभापति शेरबहादुर देउवाले पार्टीसँग होइन, अरू नै पार्टीका नेतासँग बसेर माओवादीलाई नेतृत्व दिने निर्णय गर्नुभयो । कोसीमा केदार कार्कीले व्यक्तिगत निर्णय गरे । यसमा अब विवाद गर्नेभन्दा भएका गल्ती सच्याउने र भविष्यमा विवाद आउने निर्णय नगर्ने प्रतिबद्धता आवश्यक छ ।” कोसीमा कार्की नेतृत्वको सरकारलाई कांग्रेसले आफ्नै भनेर विश्वासको मत दिँदै त्यसको अपनत्व समेत लिइसकेको अवस्थामा नेताहरू विवादमा उत्रनुको औचित्य नभएको उनको भनाइ छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।