May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
बैबाहिक बलात्कारसम्बन्धि आरोप लागेका गायक रबि ओडले गरे आत्मसमर्पण काठमाडौमा छुरा प्रहार गरि हत्या , ४ पक्राउ कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्छ पानी ? रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज

अवरोध नगर्न अपिल गर्दै एमालेको संकल्पयात्रा

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० ११:१३
अवरोध नगर्न अपिल गर्दै एमालेको संकल्पयात्रा
  • संकल्पयात्रामा अवरोध नगर्न अपिल
  • पार्टीलाई मात्र निसाना बनाई गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने
  • जनताका मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने
  • आजदेखि उदयपुरको घुर्मी हुँदै खोटाङमा प्रवेश गर्दै 

काठमाडौं ।।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले झुलाघाट-चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ । मंगलबारदेखि कोसी प्रदेशमा प्रवेश गर्न लागेको सो यात्राका क्रममा अवरोध सिर्जना नगर्न आग्रह गरिएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहले एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकामा पार्टीको ध्यानाकर्षण भएको बताए ।

उनले प्रदेश, सडक बन्दलगायत गतिविधि गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहलाई अवरोध सिर्जना नगर्न आग्रह गरे । उनले यस्ता अभियानमा अवरोध नगर्न र सहयोग गर्न आग्रह गरे । जनताका मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने अहिलेको अवस्था रहेको उनले बताए । उनले राजनीतिक दलको अभियानमा अवरोध नगर्न र असहमति भए औपचारिक रूपमा शान्तिपूर्ण ढंगले गुनासा राख्न आग्रह गरे ।

कोसी प्रदेश नामको विषय प्रदेशसभाको सवाल भएको उनले उल्लेख गरे । त्यस्ता मुद्दालाई औपचारिक रूपमा प्रदेशसभामा लगेर छलफल गर्ने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए । कोसी प्रदेश नामकरणमा एमालेसहित नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएकाले आफ्नो पार्टीलाई मात्र निसाना बनाई गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने उनले बताए । एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजदेखि उदयपुरको घुर्मी हुँदै खोटाङमा प्रवेश गर्दै छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० ११:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट