May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

धनगढीको राष्ट्र बैंकले ४ दिनमै सवा अर्ब सकायो

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १५:२६
धनगढीको राष्ट्र बैंकले ४ दिनमै सवा अर्ब सकायो
  • धनगढीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा भिड
  • नयाँ नोट साट्न आउने सर्वसाधारण र नगद झिक्न आउनेको भिड 
  • राष्ट्र बैंक बाहेक विभिन्न वाणिज्य बैंकमार्फत पनि नयाँ नोट सटहीको काम हुँदै 

धनगढी ।।

दशैंका लागि नयाँ नोट साट्नेका कारण कैलालीको धनगढीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा भिड बढेको छ । नयाँ नोट साट्न आउने सर्वसाधारण र नगद झिक्न आउने विभिन्न बैंक तथा वित्तीय संस्थाका कारण राष्ट्र बैंकमा भिड बढेको हो । राष्ट्र बैंकको धनगढी कार्यालयबाट २८ असोजदेखि बुधबारसम्मको चार दिनमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सवा ४ अर्ब रुपैयाँ झिकेका कार्यालय प्रमुख विनोदप्रसाद लेखकले जानकारी दिए । उनका अनुसार असोज २८ गते ९ करोड, २९ गते ४२ करोड २५ लाख, ३० गते ४२ करोड ६० लाख र कात्तिक १ गते ३२ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले झिकेका छन् ।

बैँकहरुले राष्ट्र बैँकमा जम्मा गरेको रकम ग्राहकहरुको मागअनुसार नै झिकेकाले दशैंमा आर्थिक गतिविधि बढ्ने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकमा नयाँ नोट साट्नेहरुको घुँइचो नै लागेको छ । असोज २९ गतेदेखि सेवा दिन सुरु गरेकोले बैंकमा दशैंका लागि नयाँ नोट साट्न आउनेहरुको घुँइचो लागेको छ । राष्ट्र बैँकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म साट्न पाउने व्यवस्था गरेको छ । अहिले दुई वटा काउन्टर राखेर नोट सटही भइरहेको छ । राष्ट्र बैंक बाहेक विभिन्न वाणिज्य बैंकमार्फत पनि नयाँ नोट सटहीको काम गरिरहेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।