sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आज बडादशैंको छैठौं दिन, कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदै

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० 0६:३४
आज बडादशैंको छैठौं दिन, कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदै

काठमाडौं । आज शुक्रबार बडादशैंको छैठौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदैछ ।

प्रत्येक वर्ष आश्विन षष्टी तिथि अर्थात् दुर्गा पक्षको छैठौ दिन दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी छैठौं कात्यायनी देवी भगवतीको विधिपूर्वक पूजा आराधना गरिन्छ आजका दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बडादशैं शुरु भएको पहिलो दिन अर्थात घटस्थापनाको दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने भनिन्छ । आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

राजधानी काठमाडौंमा रहेका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज शुक्रबार बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।

उपत्यकाबाहिर सुनसरीको धरानस्थित दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र पोखराको विन्ध्यवासिनी सहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० 0६:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid