May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारी गाडिको दुरुपयोग गर्दै आफ्नो श्रीमतीलाई पाथीभरा घुमाउने हाकिम सापको गाडि दुर्घटनामा

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० १७:३९
सरकारी गाडिको दुरुपयोग गर्दै आफ्नो श्रीमतीलाई पाथीभरा घुमाउने हाकिम सापको गाडि दुर्घटनामा

काठमाण्डौं ।
सरकारी गाडिको दुरुपयोग गर्दै आफ्नो श्रीमतीलाई पाथीभरा दर्शन गर्न हिडेका जिल्ला निर्वाचन कार्यलय झापाका प्रमुख अधिकृत तुलसी प्रसाद नेपाल सवार गाडि ताप्लेजुङ्गको कावेलीमा दुर्घटनामा परेको छ । झापाबाट कार्यलय प्रयोजनको लागी भन्दै पाथीभरा दर्शन गर्न परिवारका सदस्य सहित रवैया शैलीमा ताप्लेजुङ्ग हानिएका उनले आफनो पदको चरम दुरुपयोग गर्दै जिल्ला प्रशासन कार्यलयबाट पास लिर्दै आफनो पारिवारिक भ्रमणमा निस्किएका थिए । उनले आफनी श्रीमतीलाई ३ दिनको विदा मनाउनको लागी पाथीभरा जानको लागी सार्वजनिक विदाको दिन प्रयोग गर्ने गरी वा २ झ २८०० नम्बरको गाडि ३ दिनको लागी प्रशासनबाट लिएका थिए । झापा बाट ताप्लेजुङ्ग अनुगमनको वाहना बनाउदै विगतको समयमा पनी जाने गरेको स्रोतले बताएको छ । जनताले तिरेको करको दुरुपयोग गर्दै जिल्ला निर्वाचन कार्यलयको गाडीको दुरुपयोग गदै कार्यलय प्रमुख तुलसी प्रसाद नेपालले सार्वजनिक विदाको दिन आफनी श्रीमती सहित पाथीभरा दर्शन गर्नको लागी हिडेका थिए ।

सरकारको नियम कानुन भन्दा बाहिर रहेर विदाको दिन कार्यलयको सवारी कार्यलय क्षेत्रमै राख्नु पर्ने भए पनि आफू खुसी निजि सवारी झै प्रयोग गरेको बारम्बार भेटीएको छ । सरकारि सम्पती को यो किसिमको दुरुपयोगले आयोगका कर्मचारी तथा आक्रोशित समेत भएका छन । झापाक एक व्यवसायी राजकुमार श्रेष्ठ कर तिर्ने बेलामा मरि मरि भए जति सबै बुजाउने अनि सरकारी कार्यलयका प्रमुख चाँही जनतालाई मारेर सरकारी ढुकुटीको जथाभावी प्रयोग गर्दै परिवारलाई नै सुम्पिने आफनैमा आपती जनक भएको उनले बताए । दुघर्टनामा परेपछी नेपालले सो गाडि आफुले पारिवारिक प्रयोग गरेको प्रहरी समक्ष अस्वीकार गरेका छन । सरकारी गाडि दुरुपयोग गरेर रवैया शैलीमा आफनी श्रीमतीलाई तिन दिन धार्मिक यात्रामा निस्किएका उनले सह चालकलाई दुर्घटना पश्च्यात आफुहरु मात्र सवार भएको भन्नको लागी वाध्य पारेको गाडिका चालकले बताए । यस अगाडि पनी प्रमुख नेपालले सवारी साधन तथा इन्धनको दुरुपयोग गर्ने गरेको सो कार्यलयका कर्मचारी ले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० १७:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट