May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

कञ्चनपुर प्रहरीको एक्सनः सिद्धनाथ मन्दिर परिसरमा रहेका होटलबाट मदिरा बरामद

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० १५:0५
कञ्चनपुर प्रहरीको एक्सनः सिद्धनाथ मन्दिर परिसरमा रहेका होटलबाट मदिरा बरामद

पुष्कर भट्ट ||
कञ्चनपुर, ३ कार्तिक ||
भन्सार राजस्व चोरी छली तस्करी बिरुद्ध अभियान थालेको गरेको कञ्चनपुर प्रहरीले जिल्लाको पश्चिम उत्तरी क्षेत्रमा एक सीमावर्ती बजारमा मदिरा बेचबिखनको अनुमती नलिई संचालनमा रहेका होटेल तथा मदिरा पसलमा छापा मारेकोे छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ९ ब्रम्हदेबको सिद्धनाथ मन्दिर सार्वजनिक परिसरमै रहेका मदिरा पसल तथा होटलमा छापा मारेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले ब्रम्हदेब बजारमा रहेका मदिरा पसलमा छापा मारेको छ । ब्रम्हदेबको सिद्धनाथ मन्दिरको आसपास रहेका मदिरा पसल तथा होटलमा छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ब्रम्हदेब सिद्धनाथ मन्दिर परिसरमा रहेका विभिन्न क्याफे, रेष्टुरेन्ट तथा होटलहरुबाट विभिन्न ब्राण्डको लाखौँको मदिरा बरामद गरिएको छ । सार्वजनिक तथा मदिरा बिक्रि वितरण निषेधित क्षेत्रमा रहेका होटल तथा मदिरा पसलबाट प्रहरीले ठुलो परिमाणमा विभिन्न ब्राण्डका रक्सी बरामद गरेको हो । ब्रह्मदेवमै रहेको कोल्ड स्टोरका नाममा मदिरा डिलर संचालनमा आएको एक पसल शिलबन्दी समेत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले गत महिना सार्वजनिक सुनुवाई कार्यक्रममा मन्दिर परिषरमा जताजतै मदिरा बेचबिखन भईरहेकाले नियन्त्रण गर्नका स्थानियहरु वाटै गुनासो आएपछि व्यवसायीहरुलाई एक साताभित्र मदिरा हटाउन समय दिएको भएपनी निर्णय विरुद्ध बेचबिखन गरिरहका र धार्मक धरोहरका रुपमा रहेको मन्दिर परिसरमा मदिराजन्य पदार्थको बेचविखन गर्दा शिद्धवावा मन्दिरको पहिचान समेत खतरामा पर्ने भएकाले हामी आएर अनुगमन गर्दा कार्यक्षेत्र भित्र नरहेकाले कार्वाही गरेको वताएका छन ।
गत असोज दोस्रो साता सिद्धनाथ मन्दिर संरक्षण समिति, ब्रम्हदेब बजार समिति, सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय जनप्रनिधी, प्रहरी प्रशासन सहितको संयुक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाले सार्वजनिक स्थल को २ सय मिटर क्षेत्रभित्र मदिरा बेचबिखन भईरहेको भन्दै गुनासो गरेका थिए । सोहि अनुरुप शिद्धवावा मंदिर समिति ले समेत सार्वजनिक सुचना जारी गरी व्यवसायिहरुलाई जानकारी गराएपनी अधिकांस व्यापारीले वेवास्ता गरेको ब्रम्हदेव बजार व्यवस्थापन समिति ब्रह्मदेवका सचिव यज्ञराज भट्ट ले बताएका छन ।
गत असोज १० गते आयोजना गरिएको सार्वजनिक कार्यक्षेत्र वाहिर गएर मन्दिर परिसरमा मदिराजन्य पदार्थ बेचबिखन गर्न नपाईने सर्वदलिय प्रतिबद्धता सहितको निर्णय गरिएको थियो । तर, केही होटल, रेष्टुरेन्ट व्यवसायी, तथा मदिरा पसलका संचालकले निरन्तर मदिरा बेखबिखन गरेको जन गुनासो आएपछि प्रहरीले मदिरा पसल र मदिरा बेच्ने होलटमा एक्सन गरेको हो । सार्वजनिक स्थलमा मदिरा बेचबिखन रोकथाम गर्ने उदेश्यले थालिएको अभियान लाई स्थानियहरुले प्रशासनमो स्वागतयोग्य काम भएको बताएका छन । धार्मिक महत्व दर्शनार्थीको घुईचो लाग्ने सिद्धनाथ मन्दिर परिषर क्षेत्रमा रहेका मदिरा पसल होटल एव रेष्टुरेन्टमा मदिरा बेचबिखन रोकथाम गर्ने कार्य सराहनिय भएको स्थानिय व्यवसायि शंकर पन्तले बताएका छन ।

ब्रम्हदेबको सिद्धनाथ मन्दिर सहित अन्य मन्दिर, विद्यालय क्षेत्र नजिक रहेका मदिरा पसल, होटल एव रेष्टुरेन्टमा समेत मदिराको कारोबार भईरहेकाले त्यसलाई रोक्नुपर्ने सर्वसाधारणहरुले सुझाव दिएका छन । यता मदिरा बेचबिखन गर्दै आएका होटल एव पसलका संचालकहरुले आफुहरुले विगतदेखि बेच्दै आएको र गत असोजमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम मा भएको निर्णय वारे आफुहरुलाई थाहै नभएको मदिरा व्यवसायि को भनाई रहेको छ ।

ब्रह्मदेव वजारका मदिरा व्यवसायि भुपेन्द्र क्षेत्रीले आन्तरिक राजस्वदेखिका सबै निकायबाट मदिरा बेचबिखन गर्नका लागि लाईसेन्स तथा अनुमति र व्व्यवसाय दर्ता हुदा समेत प्रहरीको धरपकड ले व्यापारीहरु त्रसित भएको दुःखेसो पोखेका छन । पछिल्ला दिनमा कञ्चनपुर प्रहरीले गरिरहेको कामकाजले नागरिकले समेत सुशासनको प्रत्याभुति गरिरहेको जनाएका छन भने गैरकानुनी र कार्यक्षेत्र बहिर रहि व्यवसाय गर्दा समाजमा समेत असर पर्ने भएकाले सवै पक्षको यस तर्फ ध्यान जान जरुरी देखिन्छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० १५:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।