July 19, 2024 | शुक्रबार, साउन ४, २०८१
सुचनाहरु
गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि कनकाई सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा झापामा २ जना फरार प्रतिवादी पक्राउ राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, १९ जनाको मृत्यु डा.माबोको `डोलीभर्ना´ शुक्रबार लोकार्पण हुँदै गायक यशकुमारको हिरो सार्वजनिक ; दिपेन्द्र ,रोजेन र गरिमाको अभिनय मन्त्रीपरिषद बैठक बस्दै देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने डेंगुको आशङ्का लागेमा निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ मा फोन गर्न काठमाडौँ महानगरको आग्रह चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

किन मिलाउने बांगोटिंगो दाँत?

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ ११:३२
किन मिलाउने बांगोटिंगो दाँत?

टक्क मिलेका र सुन्दर दाँतले अनुहारको सौन्दर्यता झनै बढाउँछ। यो भन्दैमा दाँतले मात्र सौन्दर्यता निर्धारण गर्छ भन्ने होइन।   बांगोटिंगो दाँतले मुख स्वास्थ्यमा समेत असर गर्छ। बांगोटिंगो दाँतमा खाना धेरै अड्किने समस्या हुन्छ। किनभने, खाना खाएपछि कुल्ला गर्ने बानी धेरैको छैन। खाना अड्किँदा दाँतमा किरा लाग्छ। दाँतमा किरा लाग्दा अर्को समस्या निम्त्याउँछ। एकदमै बांगो भएको दाँतमा रुट क्यानल गर्न, फिलिङ गर्न पनि निकै समस्या हुन्छ।

बांगोटिंगो दाँतलाई समयमै पहिचान गर्न सके विभिन्न उपचार विधिबाट मिलाउन सकिन्छ। दाँत बांगोटिंगो आउनुको पछाडि विभिन्न कारण छन्। बच्चामा छिटो नै नयाँ दाँत पलाउँदा बांगोटिंगो हुन सक्छ। कसैको ज अर्थात् चिउँडो सानो हुँदा राम्रोसँग दाँत पलाउन पाउँदैन, जसका कारण दाँत बांगोटिंगो पलाउन सक्छ। कसैको बच्चा बेला दुर्घटना कारण पनि राम्रोसँग दाँतको विकास हुन पाउँदैन।

बांगोटिंगो दाँतको उपचार सानो उमेरमा गर्न मिल्दैन। तर कुन दाँत कुन उमेरमा पलाउँछ भन्ने कुरा हामीलाई थाहा हुन्छ। त्यसैले त्यो बेला दाँतको लागि ठाउँ मिलाइदिने, समस्या अनुसारको समाधान हुन सक्छ।
बांगोटिंगो दाँत मिलाउने उपचार विधि मुख्य गरी दुई किसिमका छन्। एउटा ब्रेसेस राख्ने र दोस्रो अलाइनर हो। ब्रेसेस दुई चरणमा गर्न मिल्छ। १० देखि १२ वर्षको बीचमा ब्रेसेस लगाउन मिल्छ। यो बेला दाँत मात्र नभई हड्डीलाई पनि परिवर्तन गर्न मिल्छ। यो उमेरमा मुखको हड्डी बढिरहेको हुन्छ। त्यसैले मुखको हड्डीलाई बढाउन, रोकिराख्न मिल्ने भएकाले ज लाइनलाई मिलाउन मिल्छ।

१४ वर्षपछि पनि पुरुषको मुखको हड्डीको विकास भइरहेको हुन्छ। त्यसैले पुरुषको १४ वर्षपछि पनि मुखको हड्डीलाई मिलाउन मिल्छ। तर महिलाको १४ वर्षपछि हड्डीको विकास प्रायः रोकिसकेको हुन्छ। त्यसैले १४ वर्षपछि हड्डीलाई मिलाउन मिल्दैन। दाँतलाई मात्र मिलाउने हो। कसैको धेरै नै बिग्रिएको छ भने दाँत नै निकाल्नुपर्ने हुन सक्छ। मुखको हड्डी नै परिवर्तन गर्न सकियो भने दाँत निकालिरहनु पर्दैन।

ब्रेसेसको तुलनामा अलाइनर अलि सहज हुन्छ। यो देखिँदैन। दाँतमा राख्न सजिलो हुन्छ। ब्रेसेस र अलाइनर व्यक्तिको दाँतको अवस्था हेरेर लगाउने हो। एक्सरे गरेर दाँतको अवस्था के छ, दाँत निकाल्नुपर्ने हो÷होइन सबै परीक्षण गरेपछि मात्र हामीले भन्ने हो। कति समयसम्म लगाउनुपर्छ भन्ने पनि व्यक्तिको अवस्थामा भर पर्छ। तर एभरेजमा भन्ने हो भने १ देखि २ वर्षसम्म ब्रेसेस लगाउनुपर्ने हुन सक्छ। यो समयावधिसम्म ब्रेसेस अथवा अलाइनर लगाउँदा दाँत मिल्छ। त्यसपछि ब्रेसेस हटे पनि रिटेनर लगाउनुपर्छ। ब्रेसेस वा अलाइनरको उपचार सकिएपछि जुन अवस्थामा छोडेको हुन्छ, त्यति अवस्थामा राख्न रिटेनरको आवश्यकता पर्छ।

रिटेनर एक वर्षसम्म बिहान र बेलुका गरी कम्तीमा एक÷एक घण्टा लगाउन सुझाव दिन्छु। खाने बेलामा पनि रिटेनर झिक्नुपर्छ। एक वर्षपछि भने सधैं सुत्ने बेलामा मात्र लगाउनुपर्छ। रिटेनर पनि ब्रेसेस जत्तिकै महत्वपूर्ण हो। यसले ब्रेसेसले मिलाएको दाँतलाई त्यही अवस्थामा राख्न मद्दत गर्छ। यो प्लास्टिकको कभर जस्तो हुन्छ। यो पनि दुई प्रकारको हुन्छ। एउटा प्लास्टिकको कभर जस्तो हुन्छ भने अर्को तारको पनि हाल्न मिल्छ। यो बिरामीमा भर पर्छ। उनीहरुलाई कुन रिटेनर राख्दा सहज हुन्छ, त्यति राख्ने हो।

धेरैजसो व्यक्ति राम्रो देखिनका लागि दाँत मिलाउन आउँछन्। पछाडि बिग्रिएको छ भने त्यति धेरै मतलब हुँदैन। तर अगाडि दाँत माथि उठेको, एक अर्कामा खप्टिएको जस्तो समस्या भने मानिसहरु बढी चिन्तित हुन्छन्। तर पछाडिको दाँत पनि उत्तिकै महत्वपूर्ण हुन्छ। खाना चपाउन पछाडिका दाँतहरुको धेरै महत्व हुने भएकाले मिलाउन जरुरी छ।
अलाइनर एक लाख रुपैयाँदेखि सुरु हुन्छ भने ब्रेसेस ७० हजारदेखि १ लाख रुपैयाँसम्म लाग्न सक्छ। तर व्यक्तिको समस्या र अवस्था अनुसारको खर्च पनि हुन्छ।

(डेण्टल सर्जन डा.राजीव सिंह स्टार अस्पतालमा कार्यरत छन्।)

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्