sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यसपालि मुख्य दलका यी नेताले लगाउँदैनन् विजयादशमीकाे टीका

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ७, २०८० 0९:५७
यसपालि मुख्य दलका यी नेताले लगाउँदैनन् विजयादशमीकाे टीका

काठमाण्डाै – विजया दशमीको दिन आज राजनीतिक दलका नेताहरुले पनि आफन्त, नेता कार्यकर्ता र सर्वसाधारणलाई टीका जमरा लगाइदिँदैछन् । यसपटक केही मुख्य दलका केही मुख्य नेताहरुको भने टीका छैन ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएका कारण उहाँले टीका नलगाउने हुनुभएको हो । उहाँले पारिवारिक भेटघाट मात्रै गर्ने कार्यक्रम छ । यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि टीका छैन । उहाँकी ठूलीआमाको निधन भएको थियो ।

यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सात महिना अघि भाइको निधनका कारण यसपटक दशैँको टीका नलगाउने हुनुभएको छ । तर नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भने टीका लगाउनुहुनेछ । उहाँले निवासमै आफन्तसँगै पार्टीका नेता कार्यकर्तालाई पनि टीका लगाइदिने कार्यक्रम छ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको निवासमै विजया दशमी मनाउँदै हुनुहुन्छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काभ्रेपलाञ्चाेकमा दाजु भाउजुको हातबाट टीका लगाएपछि काठमाण्डाैमा आएर आफ्नो निवासमा टीका लगाउने र लगाइदिने कार्यक्रम छ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ७, २०८० 0९:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid