May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

मणिपुरमा फेरी कर्फ्यु लगाइयाे

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १0:२९
मणिपुरमा फेरी कर्फ्यु लगाइयाे
  • गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु
  • बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी
  • स्थिति नियन्त्रणका लागि कोम्बिङ अप्रेसन सुरु
  • स्थिति थप भड्किन नदिन इम्फालमा कर्फ्यु

काठमाडौं ।।

भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ । आक्रोशित भीडले इम्फालका एक नेताको घरमा तोडफोडको कोसिस गरेको, प्रहरीको गाडी जलाएको र एक प्रहरीलाई कुटपिट गर्दै हतियार खोसेको मणिपुर प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणका लागि कोम्बिङ अप्रेसन सुरु गर्न लागिएको पनि प्रहरीले जनाएको छ ।

स्थिति थप भड्किन नदिन इम्फालमा कर्फ्यु लगाइएको छ । यसअघि गत मे महिनामा मणिपुरमा जातीय हिंसा भड्किएपछि कर्फ्यु लगाइएको थियो । तर तनाव मत्थर हुँदै गएपछि कर्फ्यु खुकुलो पारिएको थियो । बुधबार रातिदेखि पुनः पूर्णरुपमा कर्फ्यु लगाइएको भारतीय मिडियाहरुले जनाएका छन् । गत मे महिनामा मैतेई र कुकी समुदायबीच झडपले मणिपुुरमा हिंसाको रुप लिने भएको थियो ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।