May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै

यसपालि मुख्य दलका यी नेताले लगाउँदैनन् विजयादशमीकाे टीका

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ७, २०८० 0९:५७
यसपालि मुख्य दलका यी नेताले लगाउँदैनन् विजयादशमीकाे टीका

काठमाण्डाै – विजया दशमीको दिन आज राजनीतिक दलका नेताहरुले पनि आफन्त, नेता कार्यकर्ता र सर्वसाधारणलाई टीका जमरा लगाइदिँदैछन् । यसपटक केही मुख्य दलका केही मुख्य नेताहरुको भने टीका छैन ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएका कारण उहाँले टीका नलगाउने हुनुभएको हो । उहाँले पारिवारिक भेटघाट मात्रै गर्ने कार्यक्रम छ । यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि टीका छैन । उहाँकी ठूलीआमाको निधन भएको थियो ।

यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सात महिना अघि भाइको निधनका कारण यसपटक दशैँको टीका नलगाउने हुनुभएको छ । तर नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भने टीका लगाउनुहुनेछ । उहाँले निवासमै आफन्तसँगै पार्टीका नेता कार्यकर्तालाई पनि टीका लगाइदिने कार्यक्रम छ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको निवासमै विजया दशमी मनाउँदै हुनुहुन्छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काभ्रेपलाञ्चाेकमा दाजु भाउजुको हातबाट टीका लगाएपछि काठमाण्डाैमा आएर आफ्नो निवासमा टीका लगाउने र लगाइदिने कार्यक्रम छ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ७, २०८० 0९:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट