sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारतको केन्द्रीय राजधानी दिल्लीमा वायु प्रदूषण बढ्यो

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ७, २०८० १८:0१
भारतको केन्द्रीय राजधानी दिल्लीमा वायु प्रदूषण बढ्यो

काठमाण्डौ – भारतको राजधानी दिल्लीको वायु गुणस्तर कमजोर स्तरमा पुगेको छ । सरकारी तथ्यांक अनुसार आज त्यहाँको पीएम २ दशमलव ५ को स्तर ३०६ पुगेको छ । पीएम २ दशमलव ५ भनेको फोक्सोलाई ढाकेर धेरै थरी रोग उत्पन्न गराउने धुलोका कणहरूको मात्रा हो । यसको मात्रा १०१ देखि २०० सम्म हुनुलाई मध्यम र २०१ देखि ३०० सम्म हुनुलाई कमजोर मानिन्छ । तीन सयभन्दा माथि जानुलाई अत्यन्त कमजोर मानिन्छ ।

भारतको मौसम विभागका एक वैज्ञानिक भीके सोनीले दिल्लीको वायुको गुणस्तर आउँदा केही दिन अझै खराव अवस्थामा पुग्ने बताउनुभएको बीबीसीले जनाएको छ । वर्षभरी नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ । तर कृषि बालीको अवशेष बाल्ने प्रवृत्ति, हावाको कम गति र चाडपर्वमा पड्काइने पटका लगायतका कारणबाट यहाँको हावा जाडोयाममा अझ विषालु बन्ने गर्दछ ।

बालीनाली थन्क्याएर खेतबारीमै बाँकी रहेको अवशेष बाल्ने प्रवृत्ति पनि प्रदूषणको एक प्रमुख कारण हो । बाली लगाउने आगामी चक्रका लागि खेतबारी खाली गर्न पन्जाब, हरियाणा र उत्तर प्रदेशको पश्चिमी क्षेत्रका किसानहरूले बालीको अवशेष जलाउने गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ७, २०८० १८:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid