May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते

भारतको केन्द्रीय राजधानी दिल्लीमा वायु प्रदूषण बढ्यो

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ७, २०८० १८:0१
भारतको केन्द्रीय राजधानी दिल्लीमा वायु प्रदूषण बढ्यो

काठमाण्डौ – भारतको राजधानी दिल्लीको वायु गुणस्तर कमजोर स्तरमा पुगेको छ । सरकारी तथ्यांक अनुसार आज त्यहाँको पीएम २ दशमलव ५ को स्तर ३०६ पुगेको छ । पीएम २ दशमलव ५ भनेको फोक्सोलाई ढाकेर धेरै थरी रोग उत्पन्न गराउने धुलोका कणहरूको मात्रा हो । यसको मात्रा १०१ देखि २०० सम्म हुनुलाई मध्यम र २०१ देखि ३०० सम्म हुनुलाई कमजोर मानिन्छ । तीन सयभन्दा माथि जानुलाई अत्यन्त कमजोर मानिन्छ ।

भारतको मौसम विभागका एक वैज्ञानिक भीके सोनीले दिल्लीको वायुको गुणस्तर आउँदा केही दिन अझै खराव अवस्थामा पुग्ने बताउनुभएको बीबीसीले जनाएको छ । वर्षभरी नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ । तर कृषि बालीको अवशेष बाल्ने प्रवृत्ति, हावाको कम गति र चाडपर्वमा पड्काइने पटका लगायतका कारणबाट यहाँको हावा जाडोयाममा अझ विषालु बन्ने गर्दछ ।

बालीनाली थन्क्याएर खेतबारीमै बाँकी रहेको अवशेष बाल्ने प्रवृत्ति पनि प्रदूषणको एक प्रमुख कारण हो । बाली लगाउने आगामी चक्रका लागि खेतबारी खाली गर्न पन्जाब, हरियाणा र उत्तर प्रदेशको पश्चिमी क्षेत्रका किसानहरूले बालीको अवशेष जलाउने गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ७, २०८० १८:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।