May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

शुक्रबार कार्यालय खुले पनि अधिकांश कर्मचारी अनुपस्थित

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० १७:३८
शुक्रबार कार्यालय खुले पनि अधिकांश कर्मचारी अनुपस्थित

काठमाडौं । विजयादशमीको ६ दिन बिदा सकिएर शुक्रबारदेखि सरकारी कार्यालय खुलेका छन् । शुक्रबार बिहानदेखि सरकारी कार्यालय खुले पनि अधिकांश कर्मचारी अनुपस्थित भएका राष्ट्रिय सर्तकता केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सिंहदरबारमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सबै मन्त्रालय, सबैजसो आयोग, सचिवालय तथा कार्यालयमा थोरै संख्यामा कर्मचारी उपस्थित भएको केन्द्रले जनाएको छ । कार्यालयका सहसचिव एवक प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार काठमाडौं उपत्यकामा रहेका कर्मचारी शुक्रबार कार्यालयमा हाजिर भएको भए पनि उपत्यका बाहिर रहेका कर्मचारी भने उपस्थित हुन सकेनन् ।

उनले भने, ‘दशैको बिदा बिहीबारसम्म थियो । आज एक दिन शुक्रबार मात्रै कार्यालय खुल्ला भयो र भोलि फेरी शनिबार सार्वजनिक बिदा नै भइहाल्यो । दशैको बेला सबै कार्यक्षेत्रमा फर्किने भएकाले सवारी साधनको पनि अभाव नै हुन्छ । भनेबेला फर्किन सकिदैन । त्यसैले आइतबारसम्म सबैजसो कर्मचारी आइपुग्नुहुन्छ होला ।’

प्रवक्ता पौडेलले केहि वर्ष पहिले दसैंको बिदा १५ दिन रहेकोमा अहिले आधा भन्दा बढी घटाएर ६ दिन मात्रै राखिएको र कर्मचारीले त्यसलाई स्वीकारेर अघि बढेकाले शुक्रबार हाजिर भए कि भएनन् भनेर राष्ट्रिय सर्तकता केन्द्रले छड्के जाँच नगरेको बताए । उनले कर्मचारी मात्रै नभएर सेवाग्राही पनि एकदमै कम आउने गरेकाले कर्मचारीलाई शुक्रबार नै हाजिर हुनका लागि सम्बन्धित निकायले बाध्य नपारेको बताए ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० १७:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।