May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

विश्वास कसरी गर्ने बैङ्कबाट १३ लाख गायब

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० १२:२0
विश्वास कसरी गर्ने बैङ्कबाट १३ लाख गायब
  • एनआईसी एसिया बैङ्क चन्द्रगढी शाखाबाट
  • जगदम्बा टी प्रोसेसिङ प्रालिको खाताबाट
  • १३ लाख भन्दा बढी रकम एकाएक गायब
  • बैङ्कमा राख्दा रकम सुरक्षित हुने विश्वास नै अब
  • कमजोर बैङ्क र प्रविधि हो 
  • ट्रान्सफर गरेर रकम झिकेको भेटियो 
  • रकम चेक गर्दा मात्रै खाताबाट रकम गायब भएको थाहा भयो 

भद्रपुर ।।

’’बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’’ भन्ने एनआईसी एसिया बैङ्क चन्द्रगढी शाखाबाट जगदम्बा टी प्रोसेसिङ प्रालिको खाताबाट १३ लाख भन्दा बढी रकम एकाएक गायब भएको छ।

जगदम्बा टी प्रोसेसिङ प्रालिको नाममा रहेको एनआईसी बैङ्कको खाता नम्बर ६७४१४९९५३७५२४००१ बाट २०८० असार ५ गतेदेखि असार ११ गतेसम्मको अवधिमा पटक पटक गरी १३ लाख १७ हजार ८ सय रुपैयाँ गायब भएको हो ।

’जगदम्बा टी प्रोसेसिङको नाममा रहेको खाताबाट डिजिटल माध्यम प्रयोग गरेर अनधिकृत रूपमा रकम झिकेको देखिन्छ,’ प्रोसेसिङका सञ्चालक भक्तप्रसाद अधिकारीले भने, ’आफ्नो खातामा जम्मा रहेको रकम बैङ्कबाट नै गायब भयो, बैङ्कमा राख्दा रकम सुरक्षित हुने विश्वास नै अब रहेन ।’

सुरक्षाका लागि बैङ्क खातामा राखिएको रकम गायब भएको प्रति आपत्ति प्रकट गर्दै अधिकारीले भने, ’बैङ्कबाटै रकम गायब भएको घटनाको अनुसन्धान लागि साइवर क्राइम अपराध अन्तर्गत छानबिन गर्न झापा प्रहरी मार्फत सिआइबीमा उजुरी दिएका छौँ ।’

अपराध गर्ने समूहलाई कानुनी कारबाही गर्ने पाटो एउटा भए पनि बैङ्कमा रहेको रकम गायब भएको विषयको जबाफदेही र जिम्मेवारी स्वयम बैङ्क सञ्चालकले लिनुपर्ने उनको भनाई छ । ’जगदम्बाको खातामा न्यूनतम १० हजार हुनुपर्नेमा सो रकम समेत झिकेर केवल खातामा ८ सय ६० रुपैयाँ १८ पैसा मात्र बचत देखिएको छ। यसले पनि बैङ्क सुरक्षित हुन्छ भन्ने विश्वास गुमेको छ,’ उनले भने । यसो हुनुमा बैङ्क कर्मचारी र कमजोर बैङ्क प्रविधिलाई उनले दोषी दिए।

बैङ्कबाट लगभग हप्ता दिनको अन्तरालमा पटक पटक गरेर बढीमा ५० हजार र घटीमा एक सय गरी ३० पटक सम्मको प्रयासमा सो रकम झिकेको जगदम्बाको बैङ्क स्टेटमेन्टबाट देखिन्छ । सामान्यतया एक पटक रकम झिके पछि एकदेखि डेढ मिनेटमा मात्रै अर्को ओटिपि नम्बर आउने भए पनि धेरैजसो ३५ सेकेन्डकै अन्तरमा विभिन्न कम्पनीका नाममा रकम ट्रान्सफर गरेर रकम झिकेको भेटिएको छ।

रकम झिक्दा मोबाइल बैङ्किङ मार्फत म्यासेज आउने गरे पनि यो रकम झिक्दा कम्पनीको आधिकारिक मोबाइलमा कुनै म्यासेज वा सूचना नआएको र एकै पटक हप्ता दिनमा रकम चेक गर्दा मात्रै खाताबाट रकम गायब भएको थाहा पाएको प्रोसेसिङका लेखा कर्मचारी कमल निरौलाले जानकारी दिए ।

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० १२:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।