May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

के.पी. ओलिको क्षेत्रको पाडाजुङ्गी–गौरीगञ्ज सडक बजेट अभावमा अलपत्र

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० २0:५३
के.पी. ओलिको क्षेत्रको पाडाजुङ्गी–गौरीगञ्ज सडक बजेट अभावमा अलपत्र

झापा : बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक निर्माण रोकिएर अलपत्र परेको छ । सडकको करिब ६० प्रतिशत काम पूरा भएपछि निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी गौतमकुमार देवका अनुसार विसंं २०७९ चैतमा साढे तीन किलोमिटर चार लेनको सडक निर्माण गर्ने गरी खरीढुङ्गा–माङ्वा–पूर्वाञ्चल जेभीले सम्झौता गरेको थियो । गत असोज २० गते निर्माण सम्पन्न गर्ने गरी रु ११ करोड ७० लाखमा ठेक्का लिएको कम्पनीको ढिलासुस्तीका कारणसमेत बजेटमा समस्या भएको उनले बताए ।

“गत आर्थिक वर्षमै काम सकेको भए बजेटको समस्या हुने थिएन”, उनले भने, “चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयमा यस सडक निर्माणको बजेट समावेश नहुँदा समस्या भएको हो । पहल गरिरहेका छौँ ।”

उनले पूर्वपश्चिम राजमार्गसँग सीमा जोडिएको कमल गाउँपालिका–६ मा बन्दै गरेको सडकको सबै काम पूरा भए पनि बजेट अभावमा कालोपत्र गर्न नसकिएको बताए । उनले ठेकेदार कम्पनीले रु छ करोड ५० लाख भुक्तानी पाइसकेको बताए ।

पुरानो कालोपत्रे भत्काएर नयाँ निर्माणको कामसमेत नभएपछि हाल धुलोका कारण स्थानीयवासी हैरान भएका छन् ।

दुर्घटनाको जोखिम बढ्नुका साथै ज्येष्ठ नागरिक, बालबालिका, बिरामीलाई थप समस्या परेको स्थानीयवासीको भनाइ छ ।
सूचना अधिकारी देवले सडक बन्द गराउन र खुलाउन भन्दै दैनिकजसो सडक डिभिजन कार्यालय दमकमा ज्ञापनपत्र लिएर स्थानीयवासी, जनप्रतिनिधि आइरहेको बताए ।

उनले सो सडकको निर्माण कार्य पूरा गर्नका लागि सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा अर्थ मन्त्रालयमा फाइल समावेश गरी बजेट निकासाका लागि पहल गरिरहेको बताए ।
यो सडकखण्ड पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पि ओलिको निर्वाचनन क्षेत्रमा पर्छ  । ओलि झापा क्षेत्र न ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० २0:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट