April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

१७ दशमलव ३० अङ्कले घट्याे नेप्से

  • साझा परिवेश
  • आइतवार, चैत्र १८, २०८० १६:५८
१७ दशमलव ३० अङ्कले घट्याे नेप्से

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ।

आज तीन सय १६ कम्पनीको ७९ लाख ५७ हजार छ सय ५९ कित्ता शेयर ६७ हजार ४४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २० करोड ५३ लाख ३२ हजार तीन सय २४ बराबरको कारोबार भएको छ।

निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक आज घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ६५, व्यापार एक दशमलव ७४, लघुवित्त एक दशमलव २० र विकास बैंक एक दशमलव ०९ प्रतिशतले घटेको छ।

बैंकिङ शून्य दशमलव ५३, वित्त शून्य दशमलव ६२, होटल तथा पर्यटन शून्य दशमलव ७६, जलविद्युत् शून्य दशमलव ०८, लगानी शून्य दशमलव ७९, जीवन बीमा शून्य दशमलव ९९, म्युचुअल फन्ड शून्य दशमलव ७३ र अन्य समूहको उपसूचक शून्य दशमलव ७१ प्रतिशतले घटेको छ।

मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। गरिमा डिभेञ्चर २०८५ को मूल्य आठ दशमलव ०८ र उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७४ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै घट्नेमा भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ९९ प्रतिशतले गिरावट देखिएको छ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट लिमिटेडको रु २८ करोड ६८ लाख ९३ हजार तीन सय ३१ बराबरको दुई लाख ९० हजार एक सय ३६ कित्ता शेयर किनबेच भएको छ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १८, २०८० १६:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।