झापा : झापाको हल्दिबारी गाउँपालिका–४ वडावारी तामाङ बस्तीका बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठलाई ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई सोमबारराति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया गुलरिया नगरपालिका–१२ कालीनगर बस्ने २८ वर्षीय मदन थारुलाई प्रहरीले पक्राउ गरेको छ । थारूले सोमबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।