July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

करको दर हेरफेरबारे संसदीय छानबिन समिति बनाउन एमालेको माग

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १३:१0
करको दर हेरफेरबारे संसदीय छानबिन समिति बनाउन एमालेको माग

नेकपा (एमाले)ले करको दर हेरफेरबारे संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ।

एमाले प्रमुख सचेतक पदम गिरीले बजेट निर्माणमा पूर्वनायब सुब्बा घुसाएकोबारे संसदीय समिति बनाएर छानबिन नगरिए संसद् चल्न नदिने बताए।

‘करका दर हेरफेर भएबजेटमा अनधिकृत रूपमा भनेर आएको छ। हामी यो कुरा संसदमा उठाउँछौं,’ प्रमुख सचेतक गिरीले सेतोपाटीसँग भने।

बजेटमा करको दर हेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठ प्रवेश गराएको भन्दै सोमबारको संसद बैठकमा राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका थिए।

आज पनि एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बोलाइएको बैठक बस्न सकेको छैन।

अहिले सभामुखले प्रमुख सचेतक, सचेतकहरूसँग कुराकानी गरिरहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

प्रतिनिधि सभामा सोमबारदेखि बजेटमाथि छलफल सुरू भएको छ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्वनायब सुब्बा श्रेष्ठलाई संलग्न भएको भन्दै सांसदहरूले विरोध गरेका हुन्।

भन्सार विभागका पूर्वकर्मचारी श्रेष्ठले भने आफूले वर्षौंदेखि बजेट निर्माणमा बेला टाइपको काम गर्दै आएको बताएका छन्।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्