sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यो संसदको कामले भन्दा त म टेलिभिजन सञ्चारकर्मी हुँदा नै प्रभावकारी थिएँ : रवि लामिछाने

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १४:३५
यो संसदको कामले भन्दा त म टेलिभिजन सञ्चारकर्मी हुँदा नै प्रभावकारी थिएँ : रवि लामिछाने
  • संसदको काम ज्यादै कमजोर र अप्रभावकारी भयो 
  • संसदको काम भन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथेँ
  • नागरिकको समस्या सुल्झाउने काम सञ्चारकर्मी हुँदा नै धेरै गरें 

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको काम ज्यादै कमजोर र अप्रभावकारी भएको बताएका छन् । गत वैशाख २४ गते सुरु संसदको बजेट अधिवेशन सुरु भएयताको ६ महिनामा बजेट पारित गर्नेबाहेक जम्मा एउटा मात्र कानुन पास गरेको भन्दै उनले संसदको काम भन्दा आफू सञ्चारकर्मी हुँदा नै बढी काम गरेको दाबी गरे । ‘६ महिनाको समय र करिब ६ करोड खर्चिएर यो सदनले मात्र एउटा कानुन पास गर्‍यो, यो भन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथेँ । नागरिकको समस्या सुल्झाउने काममा यो भन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ’, उनले भने ।

संसदमा जनप्रतिनिधिले उठाएको आवाज समेत सरकारले नसुनेको र मन्त्रीहरुलाई सोधेको प्रश्नको जवाफ नपाएको लामिछानेले बताए । ‘ध्यानाकर्षणका लागि हामीले उठाएको विषय मन्त्रीले टिप्छन् कि टिप्दैनन् तर जवाफ दिएका छैनन्’, उनले भने । बरु सदनमा आरोप प्रत्यारोप, छेडखानी चल्ने गरेको भन्दै सांसद लामिछानेले भने, ‘शीर्ष भनिएका नेताको भाषणमा कुण्ठा चल्छ, मिथ्यांकको विवरण खुल्छ, आत्मप्रशंसा र विपक्षीको निन्दाको लम्बेतान सिलसिला मात्र चल्दैन शीर्ष भनिने, ठानिने नेताको लहडमा संसद बन्धक हुन्छ ।’

उनले संसद नागरिकको आवाज मुखरित गर्ने थलो बन्न नसकेको पनि बताए । नेताहरुले देशको, संविधानको र व्यवस्थाको धेरै चिन्ता गरेको भन्दै लामिछानेले उनीहरुकै कारण व्यवस्था खतरामा परेको आरोप लगाए ।‘यो व्यवस्था, यो संविधान अरु कसैको कारण खतरामा छ कि तपाईं हाम्रै चरित्र र व्यवहारका कारण खतरामा छ ?’ उनले प्रश्न गरे, ‘हामीले व्यवस्था जोगाउन प्राथगमिकता दिएको भए यो चिन्ता गर्नुपर्ने थिएन । हामी यो व्यवस्था, प्रणाली जोगाइरहेका छौं कि आफ्ना मान्छे जोगाइरहेका छौं ?’

रास्वपा सभापति लामिछानेले सत्ता स्वार्थका लागि मिल्न सक्ने दलहरु शान्ति प्रक्रिया टुंग्याउने र पीडितलाई न्याय दिने विषयमा मिल्न नसकेको आरोप लगाए । ‘आफ्नो सत्ता स्वार्थका लागि मिल्न सक्ने, पीडितलाई न्याय दिने शान्ति प्रक्रियामा कसले रोक्यो हामी नयाँ दलले ?’ उनले प्रश्न गरे, ‘अन्तर्राष्ट्रिय मानव अधिकारका सिद्धान्त अनुसार यसलाई टुंग्याउन कसले रोकेको छ ? रोकेको छ त यहाँहरुकै नियतले ।’

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १४:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid