May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई एमालेकाे चुनाैती

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १६:११
फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई एमालेकाे चुनाैती

काठमाण्डाै – नेकपा एमालेका सांसद विष्णु पाैडेलले सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्तावलाई संसदमा ल्याएर पारित गर्न चुनाैती दिनुभएकाे छ ।

आज बिहीवार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले सरकारलाई यस्ताे चुनाैती दिनुभएकाे हाे । उहाँले फागुन १ गतेका दिनलाई जनयुद्ध दिवसको रूपमा बिदा दिए लोकतन्त्रको सबलीकरण नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘फागुन १ गते दिवस मनाएर देशमा कुनै लोकतन्त्रको सबलीकरण हुन सक्दैन । नेपालको लोकतान्त्रिक छवि अन्तर्राष्ट्रिय जगतमा स्थापित हुन सक्दैन भन्ने मलाई लाग्दछ । यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनैपर्छ भन्ने लाग्छ भने त्याे प्रस्ताव सदनमा प्रस्तुत गरेर पारित गर्ने आँट गरोस् । त्यो आँट छ सरकारसँग ? सरकारले सदनमा प्रस्ताव प्रस्तुत गराेस् । नेपालीका प्रतिनिधिले त्यसका बारेमा निर्णय दिनेछन् । म चुनौतीका साथ भन्न चाहन्छु, सरकार यो गलत निर्णयबाट पछि हटोस् ।’

सांसद पाैडेलले सरकारले प्रतिपक्षलाई दोष लगाएर शान्ति प्रक्रिया टुङ्ग्याउन नचाहेको आराेप लगाउनुभयाे । उहाँले सरकारको काम, कारबाहीका कारण संसद्को भूमिका प्रभावकारी हुन नसकेको पनि बताउनुभयाे ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १६:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।