May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट : विश्वकप पुग्न नेपाल-यूएईबीच प्रतिस्पर्धा

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:0३
आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट : विश्वकप पुग्न नेपाल-यूएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो सेमिफाइनलमा आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग नेपालले प्रतिस्पर्धा गर्दै छ ।

मूलपानी मैदानमा हुने खेलमा जित दर्ता गर्ने टिम विश्वकपका लागि छनोट हुनेछ । आगामी टी-ट्वेन्टी विश्वकप अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ । आज त्यो विश्वकपका लागि दुई टिमको टुंगो लाग्नेछ । खेल बिहान ११ बजे सुरु हुनेछ ।

यूएईलाई हराएर नेपाल विश्वकपमा स्थान सुरक्षित गर्न चाहन्छ । पछिल्लो समय नेपालले निकै महत्त्वपूर्ण खेलहरुमा यूएईलाई विपक्षीका रुपमा पाएको छ । यूएईसँग नै नेपालले लिग २ को अन्तिम खेल र प्रिमियर कपको फाइनल पनि खेलेको थियो । ती दुवै खेलमा नेपाल विजयी भएको छ । तर एक साताअघि मात्र त्रिकोणात्मक सिरिजको फाइनलमा यूएईसँग पराजित नेपाल अब चिरपरिचित प्रतिस्पर्धीलाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ ।

नेपालको ओपनिङ जोडीले डेढ वर्षपछि ५० रनभन्दा धेरै साझेदारी गरेको थियो । आजको खेलमा पनि ओपनिङ पार्टनरसिपको धेरै आवश्यकता छ । त्यसैगरी मिडिल ओभरबाट खेललाई अन्तिमसम्म लैजान कुशल मल्ल, रोहित पौडेललाई दबाब हुनेछ ।

यूएईका कप्तान मोहम्मद वासिम सानदार लयमा छन् । विश्वकप पुग्न नेपाली बलरहरुले उनलाई रोक्न आवश्यक हुनेछ । जहुर खान र जुनैद सिद्दिकीको पेसले नेपाली ब्याटरहरुलाई चुनौती दिन सक्छ । स्पिनर आयन खान पनि राम्रो लयमा छन् । आसिफ खान, वृत्य अरविन्द र बासिल हामिदको प्रदर्शनमा अंकुश लगाउन सके विश्वकपको नेपालको यात्रा सहज हुनेछ ।

टी-ट्वेन्टी आईमा नेपाल र यूएईबीच हालसम्म ८ खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ ।

मूलपानी मैदान स्पिनर्सलाई सहयोग गर्ने किसिमको छ । त्रिवि मैदानको तुलनामा यो मैदानमा केही छोटो बाउन्ड्री हुनेछ ।

आजको अर्को सेमिफाइनल खेल त्रिवि क्रिकेट मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेताले पनि विश्वकपमा स्थान बनाउनेछ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।